नेप्से परिसूचक १२ अंकले घट्यो « Khabarhub

नेप्से परिसूचक १२ अंकले घट्यो


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अंकले ओरालो लागेर दुई हजार ७११ दशमलव ७६ मा सीमित भएको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९६ अंकले ओरालो लागेर ४६६ दशमलव १३ मा सीमित भएको छ । कारोबार भएकामध्ये कूल ७३ कम्पनीको शेयर मूल्य उकालो लागेको छ । एक सय ८८ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा १२ कम्पनीको कुनै परिवर्तन भएको  छैन ।

नेप्सेका अनुसार कूल ३५० कम्पनीको एक करोड सात लाख ३९ हजार ९९८ कित्ता शेयर रु चार अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । 

एनबिबिएल डिवेञ्चर, लक्ष्मी सनराइज बैंक, एसवाई प्यानल नेपाल, रिलायन्स स्पिनिङ मिल्स शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सोपान फर्मासिटिकल्स, अपोलो हाइड्रोपावर, सयपत्री हाइड्रोपावर, एसवाई प्यानल नेपाल र डोल्टी पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । ग्रीन डेभलपमेन्ट बैंक,रावा इनर्जी डेभलपमेन्ट, सेन्ट्रल फाइनान्स, नेपाल पुनरबीमा कम्पनी र नेपाल फाइनान्सका लगानीकर्ताले भने गुमाएका छन् । 

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ४ : २७ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह