प्रदेशसभामा राजस्व संकलनसम्बन्धी विधेयक प्रस्तुत « Khabarhub

प्रदेशसभामा राजस्व संकलनसम्बन्धी विधेयक प्रस्तुत


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले ‘कोशी प्रदेश राजस्व संकलनसम्बन्धी विधेयक, २०८०’ प्रस्तुत गरेका छन् । बैठकले विषयगत समितिका कार्यविधि आफै बनाउनेसम्बन्धी प्रदेशसभा नियमावली, २०७४(पहिलो संशोधन) को नियम १९८ बमोजिम सभामुखबाट जारी भएको बाधा अडकाउ फुकाउने आदेश सर्वसम्मतले पारित गरेको छ ।

उक्त आदेशको प्रस्तावक नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी र खगेश्वरी पौडेल समर्थक थिए।

प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले प्रदेशमा चार महिना पछि पारित भएको बजेटलाई समयमै सम्बन्धित निकायमा पुर्‍याउन  माग गरेका छन् । प्रदेशसभा सदस्य गोम्बु शेर्पाले सभामुखविहीन प्रदेशसभामा  सभामुख चयन गर्ने प्रक्रिया थाल्न सभाको ध्यानाकर्षण गराए भने अर्का सदस्य तिलचन पाठकले निषेधको राजनीतिक नगर्न आह्वान गरे।    

प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत, विदुरकुमार लिंथेप, ज्ञानेन्द्र सुवेदीले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । सभामा प्रदेशप्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र र मन्त्रिपरिषद्को कार्यविभाजनसम्बन्धी पत्रबारे जानकारी दिएका थिए ।

प्रदेशसभाको अर्को बैठक भोलि अपराह्न १ बजे हुनेछ

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ५ : ११ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु