यातायात व्यवस्था कार्यालय कोशीका प्रमुखसहित पाँच जना कारागार चलान  « Khabarhub

यातायात व्यवस्था कार्यालय कोशीका प्रमुखसहित पाँच जना कारागार चलान 


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुखसहित पाँच जना कारागार चलान भएका छन् । राजस्व हिनामिना मुद्दामा विशेष अदालतबाट कैद निर्धारणपछि फरार रहेका तत्कालीन प्रमुख नयराज नेपालसहित पाँच जना मंगलबार कारागार चलान भएका हुन् । 

फैसलापछि फरार भएका तत्कालीन कार्यालय प्रमुख नेपाल, लेखापाल मणिराज दाहाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी अदालतमा बुझाएको हो । मंगलबार पाँचै जनालाई कारागार चलान गरिएको मोरङ प्रहरीले जनाएको छ । 

विराटनगरमा लुकेर बसेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जन कुमार दाहालले जानकारी दिए । उनले आफूहरुलाई फैसला कार्यान्वयन गराउने क्रममा प्राप्त नामहरुका आधारमा भ्रष्टाचार मुद्दामा फरार रहेको जानकारी प्राप्त भएपछि पक्राउ गरिएको जानकारी दिएका छन् ।

राजस्व हिनामिना सम्बन्धी सो भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाण्डौले यातायात कार्यालय इटहरीका तत्कालीन तीन जना उपसचिवहरू रमेश प्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, होमनाथ भट्टराई र लेखा अधिकृत सुरेश अधिकारी र सहलेखापाल टंक बहादुर खड्का सहित ११ जनालाई दोषी ठहर गरी कैद बिगो र जरिवाना तोकेको थियो । 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ७ : ०१ बजे

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

भद्रपुर– अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले आज जग्गाधनी

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

बागमती– साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले अघिल्लो आर्थिक वर्षमा कृषकलाई १७

करेन्ट लागेका बालकलाई प्राधिकरणले दियो १५ लाख ७१ हजार क्षतिपूर्ति

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा

स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्यांकर इरानी नियन्त्रणमा

एजेन्सी– इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आइआरजिसी) ले तीन वटा