रेकर्ड ब्रेक गर्दै ५०० करोड क्लब प्रवेश गर्ने दाउमा रणवीरको ‘एनिमल’ « Khabarhub

रेकर्ड ब्रेक गर्दै ५०० करोड क्लब प्रवेश गर्ने दाउमा रणवीरको ‘एनिमल’


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रणवीर कपुरको मुख्य अभिनय रहेको फिल्म ‘एनिमल’ ले ४ सय करोड भारुको आँकडा पार गरेको छ । प्रदर्शनमा आएको पाँच दिनमा यो फिल्मले घरेलु बजारमा २८० र विदेशमा १२१ करोडको व्यापार गरेको छ ।

सन्दीप भंगाको निर्देशन रहेको यस फिल्मले तीन दिनमा दुई सय करोडको व्यापार गरेर रेकर्ड बनाएको थियो । तेस्रो दिनमा दुई सय करोडमा प्रवेश गर्ने यो दोस्रो हिन्दी सिनेमा हो ।

विदेशी बजारमा राम्रो व्यापार गर्ने नायकका रुपमा परिचित रणवीरको यस फिल्मले सोमबार पनि उत्साहजनक व्यापार गर्‍यो ।

यस फिल्मले सुरुवाती दुई दिनमा अष्ट्रेलियामा दंगलले बनाएको रेकर्ड तोडेको थियो । अष्ट्रेलियामा दुई दिनमा भारु साढे एक करोडको व्यापार गरेको रेकर्ड तोड्न एनिमलले साढे दुई करोडको व्यापार गरेको थियो ।

त्यस्तै, क्यानाडामा पठानले दुई दिनमा सर्वाधिक साढे १ करोड व्यापार गरेको रेकर्ड पनि तोडेको छ । एनिमलले दुई दिनमा क्यानाडामा दुई करोड ७० लाखभन्दा बढीको व्यापार गरेको छ ।

सोमबार विदेशका कार्यालय खुल्ने साताको पहिलो दिन भएकाले यसको व्यापारमा कमी आउने अनुमान गरिएपनि हलमा दर्शकको बाक्लो उपस्थिति रहेको भारतीय मिडियाहरुको दाबी छ । एनिमलले छिटो ५ सय करोड क्लबमा प्रवेश गर्ने फिल्म बन्ने धेरैको आँकलन छ ।

यसअघि सबैभन्दा कम १३ दिनमा शाहरुख खानको जवानले ५०० करोड क्लबमा प्रवेश गरेको थियो । यो फिल्म गत सेप्टेम्बरमा प्रदर्शन भएको हो ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ७ : ३६ बजे

माधव नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार

योग अभ्यास र साधना सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई स्वास्थ्य र

मतपत्र अलग राख्ने ट्रम्प प्रशासनको प्रयास अस्वीकार

एजेन्सी– अमेरिकाको सर्वोच्च अदालतले क्यालिफोर्नियामा हजारौँ मतपत्र अलग राख्न बाध्य

भुवन केसीको अन्तर्वार्तामाथि सुस्मिताको प्रश्न : फिल्मको प्रचारमा व्यक्तिगत सम्बन्धको चर्चा किन ?

काठमाडौं– फिल्म रिलिज हुन लाग्दा कलाकारले दर्शकलाई आफ्नो फिल्मबारे जानकारी

वार्ताको संकेतबीच इरानको केशम टापुमा अमेरिकी आक्रमण

तेहरान – इरानसँग आठ महिनादेखि जारी द्वन्द्व अन्त्य गर्न वार्तामा