दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

 दिनभर आज नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २४ जनालाई जन्मकैद, टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा, पक्राउ पुर्जीविरुद्ध नेपाल कम्युनिस्ट पार्टीबाट आन्दोलनको घोषणा, एकीकृत समाजवादीको महाधिवेशन जेठमा हुने, यातायात व्यवस्था कार्यालय कोशीका प्रमुखसहित पाँच जना कारागार चलान, एनसेललाई कारबाही गर्न संयुक्त विद्यार्थी संगठनको मागलगायतका समाचारले प्रमुख स्थान पाए ।

नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २४ जनालाई जन्मकैद
रुकुम पश्चिमको सोती घटनामा नवराज विकसहित ६ जनाको हत्यामा संलग्न रहेका २४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको छ ।

नवराजकी प्रेमिका र उनकी आमालाई भने २ वर्ष कैद र ५० हजार जरिवाना सुनाइएको छ ।

मुलुकका लागि माओवादी रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पार्टीका कार्यकर्ताको रूपान्तरणको सवाल मुलुकसँग गाँसिएको बताएका छन्।

महोत्तरीको गौशालामा आज आयोजित पार्टीको तीनमहिने रूपान्तरण अभियानको मधेस प्रदेशस्तरीय समीक्षा बैठक र प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्रीले पार्टीका नेता कार्यकर्ता रूपान्तरित भएमात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल हुने बताए ।

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा
टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज पेसी तोकिएको भए पनि सुनुवाइ नहुने भएको छ । न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी तोकिएको भए पनि उक्त मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा परेको हो ।

भेरी-बबई बहुउद्देश्यीय डाइभर्सनको काममा ढिलाइ भयो :ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेरी-बबई बहुउद्देश्यीय डाइभर्सनको काममा पछिल्लो समय ढिलाइ भइरहेको बताएका छन् ।

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा रहेका ओलीले मंगलबार आयोजनाको निरीक्षण गर्दै ओलीले तीन वर्ष अघि नै टनेल निर्माणको काम भएको भए पनि भेरी(बबई बहुउद्देश्यीय डाइभर्सनको काममा पछिल्लो समय ढिलाइ भइरहेको बताएका हुन् ।

पक्राउ पुर्जीविरुद्ध नेपाल कम्युनिस्ट पार्टीबाट आन्दोलनको घोषणा
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

जिल्ला अदालत काठमाडौँले हिजो विप्लव लगायत नेताहरूविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि आज एक विज्ञप्तिमार्फत उनले आन्दोलनको घोषणा गरेका हुन् ।

यातायात व्यवस्था कार्यालय कोशीका प्रमुखसहित पाँच जना कारागार चलान
यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुखसहित पाँच जना कारागार चलान भएका छन् । राजस्व हिनामिना मुद्दामा विशेष अदालतबाट कैद निर्धारणपछि फरार रहेका तत्कालीन प्रमुख नयराज नेपालसहित पाँच जना मंगलबार कारागार चलान भएका हुन् ।

एकीकृत समाजवादीको महाधिवेशन जेठमा हुने
नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

एनसेललाई कारबाही गर्न संयुक्त विद्यार्थी संगठनको माग
विभिन्न विद्यार्थी सङ्गठनहरूले एनसेल माथि कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

आज एक संयुक्त विज्ञप्‍ति जारी गर्दै विद्यार्थी सङ्गठनहरूले एनसेलले नेपालको कर प्रणाली छलेर शेयर खरिदबिक्री गरेको र यसबारे नियमनकारी निकायलाई जानकारी नदिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल अनुसन्धान गरी आवश्यक कारबाही गरिनुपर्ने माग गरेका छन् ।

राजनीतिज्ञ, कर्मचारी र व्यापारीको मिलेमतोमा एनसेल बिक्री स् शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिज्ञहरू, कर्मचारी र व्यापारीहरूको मिलेमतोमा एनसेल बिक्री भएको बताएका छन् । मंगलबार नेपाली कांग्रेस ओखलढुंगाको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

राखेप सदस्य(सचिव र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ र यहाँस्थित चिनियाँ राजदूतावासका काउन्सिलरबीच भेटवार्ता भएको छ ।

चिनियाँ राजदूतावासका काउन्सिलर वाङ दोङको नेतृत्वमा भएको भेटवार्तामा नयाँ वर्ष २०२४ का उपलक्ष्यमा हुने महोत्सवमा दुई देशबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा छलफल भएको राखेपले जनाएको छ ।

प्रदेशसभामा राजस्व संकलनसम्बन्धी विधेयक प्रस्तुत
कोशी प्रदेशसभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले ‘कोशी प्रदेश राजस्व संकलनसम्बन्धी विधेयक, २०८०’ प्रस्तुत गरेका छन् । बैठकले विषयगत समितिका कार्यविधि आफै बनाउनेसम्बन्धी प्रदेशसभा नियमावली, २०७४(पहिलो संशोधन) को नियम १९८ बमोजिम सभामुखबाट जारी भएको बाधा अडकाउ फुकाउने आदेश सर्वसम्मतले पारित गरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ९ : ०१ बजे

राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता

जर्मनी – राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर

स्मार्ट लाइसेन्स छैन ? एक वर्षको अस्थायी लिनोस्

काठमाडौं– सवारी चालक अनुमति पत्र नपाएर देशभरका करिब २० हजार

उत्तर कोरियाको भ्रमणमा जाँदै पुटिन

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलबार ‘मैत्रीपूर्ण’ भ्रमणका क्रममा

आजका समाचार : सरकार तलमाथि नहुने प्रधानमन्त्रीको स्पष्टीकरण, बर्लिनको प्रखालमा राष्ट्रपति

सत्ता समीकरणमा कुनै समस्या छैन : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री र विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकबीच नेपालको आर्थिक विकासका विषयमा छलफल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध