जुवातास खेलिरहेका १४ जना पक्राउ | Khabarhub Khabarhub

जुवातास खेलिरहेका १४ जना पक्राउ


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोखा नगरपालिका-३ भत्केको पुलस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तार्केश्वर नगरपालिका–७  बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१२  घर भएका  ५५ वर्षीय अच्युत सिलवाल समेत नौ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ६१ हजार पाँच सय ९५ र तीन बुक ताससहित पक्राउ गरेको हो ।  काठमाडौँ महानगरपालिका–३ महाराजगञ्जस्थित टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ चक्रपथ बस्ने काभ्रेपलाञ्चोक घर भएका ६० वर्षीय ओमकृष्ण श्रेष्ठ समेत पाँच जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ४८ हजार पाँच सय ६० र तीन बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ७ : ५२ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित