एनसेल बिक्री प्रकरणको तत्काल छानबिन गर्न राप्रपाको माग « Khabarhub

एनसेल बिक्री प्रकरणको तत्काल छानबिन गर्न राप्रपाको माग


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर बिक्रीबारे छानबिन गर्न माग गरेको छ ।

एनसेलको खरिद–बिक्रीबारे सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै राप्रपाले छानबिनको माग गरेको हो । राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले मंगलबार जारी गरेको विज्ञप्तीमा प्रचलित कानून बमोजिमको प्रकृया अवलम्बन गर्न, नेपालमा वैदेशिक लगानीलाई दुरुत्साहन नहुने गरी भ्रष्टाचारजन्य कामकारबाही हुन नदिन, पूर्वसावधानीका साथ यथार्थ विवरण अविलम्ब सार्वजनिक गर्न समेत माग गरिएको छ ।

‘एनसेल शेयर बिक्रीमा अर्बौँ रकम कर छल्ने, नेपाल सरकारको स्वामित्वमा आउनबाट रोक्ने तथा प्रचलित दूरसञ्चार क़ानुन विपरीत हुने गरी शेयर खरीद बिक्री भएको सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित समाचारहरुप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ। यसअघि पनि यस्तै प्रकरणमा कर छली भएको मुद्दा अदालतमा विचाराधीन नै छ । पुनः सोही प्रकारको विषय चर्चामा आएको छ । यसमा नेपाल सरकारको प्रचलित कानून बमोजिमको प्रकृया अवलम्बन गर्न, नेपालमा वैदेशिक लगानीलाई दुरुत्साहन नहुने गरी भ्रष्टाचारजन्य कामकारबाही हुन नदिन पूर्व सावधानीका साथ यथार्थ विवरण अविलम्ब सार्वजनिक गर्न साथै सत्यतथ्य छानबिन गर्न राप्रपा सरकारसँग माग गर्दछ’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ८ : २७ बजे

म्याग्दीको पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण

अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

वाशिङ्टन डिसी– अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी

काभ्रेमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

काभ्रे– करिब अढाई वर्षअघि बनेपा नगरपालिकाले पहिलोपटक शुक्रबारे हाटबजार सुरु

बाढीको जोखिम घटेसँगै नारायणगढ-पोखरा र काठमाडौँ सडक खुल्यो

काठमाडौँ – रसुवामा बाढी-पहिरोको जोखिम घटेसँगै नारायणगढ-मुग्लिन तथा मुग्लिन-पोखरा/काठमाडौँ सडक

भोटेकोशीमा पानी घट्यो : रसुवा, नुवाकोट र धादिङमा बाढीको खतरा टर्‍यो

काठमाडाैँ – उत्तरी रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको खबरपछि