एनसेल बिक्री प्रकरणको तत्काल छानबिन गर्न राप्रपाको माग « Khabarhub

एनसेल बिक्री प्रकरणको तत्काल छानबिन गर्न राप्रपाको माग


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर बिक्रीबारे छानबिन गर्न माग गरेको छ ।

एनसेलको खरिद–बिक्रीबारे सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै राप्रपाले छानबिनको माग गरेको हो । राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले मंगलबार जारी गरेको विज्ञप्तीमा प्रचलित कानून बमोजिमको प्रकृया अवलम्बन गर्न, नेपालमा वैदेशिक लगानीलाई दुरुत्साहन नहुने गरी भ्रष्टाचारजन्य कामकारबाही हुन नदिन, पूर्वसावधानीका साथ यथार्थ विवरण अविलम्ब सार्वजनिक गर्न समेत माग गरिएको छ ।

‘एनसेल शेयर बिक्रीमा अर्बौँ रकम कर छल्ने, नेपाल सरकारको स्वामित्वमा आउनबाट रोक्ने तथा प्रचलित दूरसञ्चार क़ानुन विपरीत हुने गरी शेयर खरीद बिक्री भएको सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित समाचारहरुप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ। यसअघि पनि यस्तै प्रकरणमा कर छली भएको मुद्दा अदालतमा विचाराधीन नै छ । पुनः सोही प्रकारको विषय चर्चामा आएको छ । यसमा नेपाल सरकारको प्रचलित कानून बमोजिमको प्रकृया अवलम्बन गर्न, नेपालमा वैदेशिक लगानीलाई दुरुत्साहन नहुने गरी भ्रष्टाचारजन्य कामकारबाही हुन नदिन पूर्व सावधानीका साथ यथार्थ विवरण अविलम्ब सार्वजनिक गर्न साथै सत्यतथ्य छानबिन गर्न राप्रपा सरकारसँग माग गर्दछ’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ८ : २७ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा