बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन : अर्थमन्त्री | Khabarhub Khabarhub

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन : अर्थमन्त्री


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन्।

नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्नेक्रममा मन्त्री डा. महतले ऋण तिर्दिन भन्नु समस्याको समाधान नभएको बताए । उनले भने ‘यो बचतकर्ताको पैसा हो । ऋण मिनाह भनेको बचतकर्ताको बचत सकिनु हो । त्यसको क्षतिपूर्ति कसले तिर्ने ? त्यही पैसा फिर्ता भएर बचतकर्ताले आवश्यक पर्दा लिन सक्छन् । बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन ।’

उनले अर्थतन्त्रको बारेमा बजारमा गलत प्रचार भइरहेको बताए । उनले भने ‘सहकारी, वित्तीय संस्था र बैंकबाट धेरैले ऋण लिएका छन्, तिर्न कठिनाइ भएको छ । त्यसकारण अर्थतन्त्र खत्तम भयो भनेर प्रचारबाजी भएको छ । अवश्य पनि उनीहरुका लागि समस्या आयो । जसलाई समस्या परेको छ, उसले व्यक्त गरेको हो ।’

नेपालको अर्थतन्त्र विग्रियो, बजारमा माग छैन, ऋण लिएको छ, तिर्न सकिएको छैन भन्ने सर्वसाधारणमा चिन्ता रहेको उल्लेख गर्दै मन्त्री महतले तत्कालीन सरकारले सीमित साधन श्रोत ठेक्कामुखी टावरमा लगानी गरेको, राष्ट्र बैंकले अथाह पूँजी प्रवाह गरेकोे, बैंकले सस्तै दरमा ऋण दिएको छ भन्ने आम मान्छेलाई लाग्नेजस्ता कारण यसको कारक बनेको बताए ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ९ : ०६ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः