रुसी सेनामा भर्ना हुन सघाएको आरोपमा १२ जना पक्राउ | Khabarhub Khabarhub

रुसी सेनामा भर्ना हुन सघाएको आरोपमा १२ जना पक्राउ


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले महाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा द्रोण डाँगी, दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि बहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष रोक्का र सन्तोष नेपाल छन् ।

उनीहरुले भिजिट भिसामा नेपालीलाई भारतको बाटो हुँदै रुसमा पठाएको र त्यहाँको सेनामा भर्ती हुन सघाएको आरोप छ ।

रुसी सेनामा कार्यरत रहँदा हालै ६ जना नेपाली नागरिकहरुको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।

सरकारले रुसी सेनामा भर्ना नगर्न मस्कोसँग माग गरेको छ । रुसको सेनामा भर्ना गर्ने नेपाल सरकारको नीति नभएपनि बिचौलियाहरुले अवैध बाटो हुँदै त्यहाँ लगेर भर्ना गराएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ९ : १८ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले