बाबा बालकनाथ राजस्थानको मुख्यमन्त्री बन्ने दौडमा « Khabarhub

बाबा बालकनाथ राजस्थानको मुख्यमन्त्री बन्ने दौडमा


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा हालै सम्पन्न विधानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाले पाँचमध्ये तीन राज्यमा जित हासिल गर्‍यो । विधानसभाको निर्वाचन भएका मध्य प्रदेश, राजस्थान, छत्तीसगढ, तेलंगाना र मिजोरममध्ये तेलंगाना र मिजोरमबाहेक सबै राज्यमा भाजपाले जित निकाल्यो ।

अहिले भारतमा भाजपाले कुन राज्यमा कसलाई मुख्यमन्त्र बनाउने भन्ने चर्चा सुरु भएको छ । यसमध्ये पनि यसअघि कांग्रेसको शासन रहेको राजस्थानमा भाजपाले कसलाई मुख्यमन्त्री बनाउला भन्ने धेरैको चासो छ ।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार अहिले राजस्थानमा भाजपाकी प्रभावशाी नेतृ बसुन्धारा राजे र बाबा बालकनाथको नाम अगाडि छ । भाजपाको केन्द्रीय नेतृत्वसँग बसुन्धारा राजेको सम्बन्ध खासै सुमधुर नभएको चर्चामाझ धेरैले रोहतकस्थित मस्तनाथ मठका महन्त बाबा बालकनाथलाई राजस्थानको नयाँ मुख्यमन्त्रीको रुपमा हेरेका छन् ।

३९ वर्षका महन्त बाबा बालकनाथले तिजारा विधानसभा सिट जितेका हुन् । यद्यपि उनी लोकसभा सांसद पनि रहेकाले पनि मुख्यमन्त्रीमा उनको बलियो दाबी रहने धेरैको अनुमान छ ।

६ वर्षको उमेरदेखि आध्यत्ममा लागेका उनी सन् २०१६ अर्थात् ३२ वर्षको उमेरमा मस्तनाथ मठका महन्त बनेका थिए । राजस्थानमा बाबा बालकनाथले उत्तर प्रदेशका मुख्यमन्त्री एवम् गोरखनाथ मठका महन्त योगी आदित्यनाथजस्तै ‘फायरब्राण्ड’ नेताको छवि बनाएका छन् ।

योगी आदित्यनाथसँग पनि उनको निकट सम्बन्ध रहेको ठानिन्छ । उनलाई महन्त उपाधि प्रदान गर्न आयोजित समारोहमा योगी आदित्यनाथ पनि विशेष अतिथिका रुपमा उपस्थित थिए ।

बालकनाथ राजस्थानको नयाँ मुख्यमन्त्री बन्ने चर्चा रहेपनि यसबारे भाजपाको केन्द्रीय नेतृत्वले अहिले नै स्पष्ट निर्णय भने गरिसकेको छैन । मंगलबार संसदको शीतकालीन सत्रमा भाग लिन पुगेका गृहमन्त्री अमित शाहले सञ्चारकर्मीसँगको कुराकानीमा नयाँ मुख्यमन्त्रीबारे ‘अहिले केही तय नभएको’ जवाफ दिएका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १० : ०६ बजे

ओलीको टिप्पणी : जेन-जीहरू र सरकारबीचको सम्झौता कलाविहीन नाटक, मान्यता दिँदैनौँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार सिंहदरबारमा अन्तरिम

जलेको संसद् भवन पुगेर पूर्वराष्ट्रपति भण्डारीले भनिन्- दुख लाग्यो

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट

म्यानमारको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु

याङ्गुन- म्यानमारको अस्पतालमा भएको सैन्य हवाई आक्रमणमा ३० जना भन्दा

प्रचण्डलाई हराएका केसीको निर्णयले देउवालाई नैतिक चुनौती

काठमाडौं– गत कात्तिक १९ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा

ऐश्वर्या रायले रजनीकान्तको प्रस्ताव अस्वीकार गरेपछि…

 काठमाडौं – सुपरस्टार रजनीकान्तको करिअरमा ५० करोड रुपैयाँभन्दा बढी कमाइ गर्ने