सङ्गठनविरुद्ध गलत प्रचार गर्नेमाथि कारबाही हुन्छ : प्रधान सेनापति शर्मा « Khabarhub

सङ्गठनविरुद्ध गलत प्रचार गर्नेमाथि कारबाही हुन्छ : प्रधान सेनापति शर्मा


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेपाली सेनाका कामकारबाहीहरू अनर्गल प्रचारबाजी भइरहेको बताएका छन् ।

मंगलबार जंगी अड्डामा ‘कमान्डिङ अफिसर ओरिएन्टेसन’ कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले सञ्चार माध्यमहरूको दुरुपयोग गर्दै नेपाली सेनाका कामकारबाहीहरू, यसको नियमित सञ्चालन प्रक्रियालगायतका विषयमा अनर्गल प्रचारबाजी भइरहेको बताएका हुन् ।

उनले भने, ‘असंख्य सिपाहीहरूको रगत पसिनाको जगमा उभिएको नेपाली सेनालाई संस्थाभित्र वा बाहिर रहेर कमजोर बनाउने एवं आफ्नो निहीत स्वार्थसिद्ध गर्ने दुराशयले प्रेरित भई त्यस किसिमको कार्य गर्नेहरूको दुष्प्रयासले नेपाली सेना कमजोर हुने छैन ।’

साथै उनले व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हितप्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्ति अन्त्य गर्न प्रतिबद्ध रहेको बताए।

आफू र प्रधानमन्त्रीको बीचमा गोप्य सम्झौता भएको, विशेष परिस्थितिमा भर्ना भई विशेष ढंगले पदोन्नति भएको र निर्धारित योग्यता नपुगेको व्यक्तिलाई प्रधान सेनापति बनाउन भूमिका तयार गरेको, कुनै राजनीतिक दल विशेषलाई खुसी पार्ने गरी काम गरिदिएबापत राजदूतको नियुक्तिमा जान लागेकोजस्ता कुरा गलत भएको उनको भनाई छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १० : ०५ बजे

नवजात शिशुको उपचारका क्रममा ज्यान गएको घटनाबारे भेरी अस्पताल अस्पतालको स्पष्टीकरण

काठमाडौं– चिकित्सकको लापरबाहीका कारण समयमै उपचार नपाउँदा नवजात शिशुको मृत्यु

अनलाइन घोटालाविरुद्ध विश्वव्यापी पहल

बैङ्कक– अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

चितवन– गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर

कांग्रेसद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफारिस

अर्घाखाँची– नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा