विपिन जोशीको रिहाइको पहल गरिदिन कतारसँग पुनः आग्रह « Khabarhub

विपिन जोशीको रिहाइको पहल गरिदिन कतारसँग पुनः आग्रह


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग आग्रह गरेका छन्।

मंगलबार परराष्ट्र मन्त्रालयमा कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग भएको भेटवार्तामा मन्त्री साउदले विद्रोही हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन्।

विद्रोही हमासले रिहा गर्न लागेका ५० जनाको समूहमा जोशीको पनि रिहाइका लागि पहल गरिदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपकराज जोशीले जानकारी दिए ।

जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरू भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताए। साथै उनले नेपाली विद्यार्थी जोशीसहित अपहरणमा परेकाहरूको रिहाइका लागि समेत प्रयास जारी रहेको जवाफ दिए।

यसअघि बिहीबार मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुराकानी गरेका थिए।

यस्तै उनले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १० : २७ बजे

प्रियांक र विलियमको बलियो साझेदारीमा कर्णालीले विराटनरलाई दियो १६१ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

विशेष अदालतको फैसलाउपर सर्वोच्चमा पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामबहादुर रानाभाटसमेत रहेको गैरकानूनी सम्पत्ति

‘तेस्रो जितले टिमको मनोबल बढेको छ’

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)मा आज तेस्रो जित निकालेपछि काठमाडौँ

कर्णालीका प्रियांक र विलियमको ९६ रनको साझेदारी भंग, लामो संघर्षले लियो विराटनगरले विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान

काठमाडौं– रिलायन्स साहित्य समाजले नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान दिने पुराना