‘एनिमल’ले शाहरुखको ‘पठान’लाई उछिन्यो « Khabarhub

‘एनिमल’ले शाहरुखको ‘पठान’लाई उछिन्यो


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रणवीर कपुर स्टारर ‘एनिमल’ले प्रदर्शनको तीन दिनमा भारतीय बक्स अफिसमा २०१.७६ करोड भारु नेट कमाइ गरेको छ ।

बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले तीन दिनमा हिन्दी संस्करणमा १७६.५८ करोड भारु र दक्षिण भारतीय भाषामा २५.१८ करोड भारु नेट कमाएको हो ।

हिन्दी संस्करणमा मात्र फिल्मले शुक्रबार ५४।७५ करोड, शनिबार ५८.३७ करोड र आइतबार ६३.४६ करोड भारु कमाएको छ । हिन्दी संस्करणमा यो फिल्मले तीन दिनमा शाहरुख खानको फिल्म ‘पठान’को व्यापारलाई समेत उछिनेको छ ।

तीन दिनमा पठानले १६१ करोड भारु कमाएको थियो । तर यसले शाहरुखकै अर्को फिल्म जवानको तीन दिने कमाइलाई भने उछिन्न सकेन ।

जवानले हिन्दी भाषामा तीन दिनमा १८०।४५ करोड भारु कमाएको थियो । विक्की कौशल स्टारर ‘साम बहादुर’ले तीन दिनमा भारतमा २५।५५ करोड भारु कमाएको छ ।

एनिमलको दक्षिण भारतीय बजारको ट्रेन्ड हेर्दा उत्तर र दक्षिण भारतका फिल्म बजारको विभाजन रेखा मेटिएको महसुस गर्न सकिन्छ । किनभने जवान, पठानदेखि एनिमलसम्म आइपुग्दा हिन्दी फिल्मले पनि साउथमा राम्रो कमाइ गर्न थालेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १० : ४१ बजे

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा

काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान

लन्डन – म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका