चिसोमा मुटुरोग र हृदयघातबाट कसरी बच्ने ? | Khabarhub Khabarhub

चिसोमा मुटुरोग र हृदयघातबाट कसरी बच्ने ?


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपत्यकासहित देशका सबै भागमा चिसो बढेको छ । यो मौसममा बालबालिका र वृद्ध वृद्धाको स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्छ । दम तथा मुटुरोगबाट ग्रसित विरामीले पनि यो मौसममा विशेष सावधानी अपनाउनुपर्छ ।

चिसो सुरू भएसंगै राजधानीका अस्पतालहरूमा मुटुजन्य समस्या लिएर आउनेको संख्या बढदै गएको छ । हार्टअट्याक, हार्टफेल, ब्लडप्रेसर तथा स्ट्रोकका विरामीहरूको संख्यामा निकै बढेको अस्पतालको तथ्याङ्कले देखाएको छ ।

मुटुजन्य समस्याबाट बच्नको लागि

–मुटुरोगीहरू जाडो बढेका बेला मर्निङवाकमा ननिस्कने ।

–मुटुरोगीले नियमित स्वास्थ्य परीक्षण गर्ने ।

–व्यायम गर्न परे घरभित्रै गर्ने ।

–शरीरमा चिसो पैतलाबाट घुस्ने हुनाले बाक्ला मोजा लगाउने ।

–छातीतथा फोक्सोमा चिसो घुस्न नदिन न्यानो कपडा लगाउने ।

–खुट्टामा चिसो रहे शरीर नतात्ने हुनाले खुट्टाको पैतला तताउन बल गर्ने ।

–खुट्टा नताते तातोपानीमा डुवाउने, हडवाटर व्यागले सेक्ने ।

–तेल तताएर पैतालामा विशेष मालिस गर्ने ।

–बिहानको घाममा ढाड फर्काएर बस्ने ।

–शरीरमा बाक्ला कपडा लगाउने ।

–बस्ने कोठामा भयान्टीलेसन राखेर हिटर ताप्न सकिन्छ ।

के कस्तो खानेकुरा खाने ?

–तातो सुपहरू प्रसस्त खाने ।

–तातो पानी प्रसस्त खाने ।

–कालोचियामा मरिज हाली खादा पनि शरीरका लागि राम्रो हुन्छ ।

–गहतको झोल बनाई खादा पनि चिसोबाट बच्न सकिन्छ ।

–ज्वानोको झोल बनाई खान पनि सकिन्छ ।

–गुन्द्रुकको झोल, भट्टमास र भुटेको मकै खादा पनि जाडोमा निकै लाभ दायक हुन्छ । मुुटुरोगीहरूले माछा तथा कुखुराको मासुहरू खान मिल्छ ।

–लसुन तथा अदुवाले पनि फाइदा गर्छ ।

यति हुदा हुदै पनि मुटुजन्य रोगी बालक तथा वृद्धहरूमा यसको समस्याहरू देखिन थाल्यो भने तत्कालै अस्पतालमा गई सम्वन्धीत चिकित्सकलाई देखाउनु पर्दछ । समयमै सही उपचार हुन सकेन भने चिसोले छिटै ज्यान लिन पनि बेर लाग्दैन ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ८ : ३७ बजे

गाजाको जबलियामा इजरायलको बमबारी

काठमाडौं– गाजामा चलिरहेको भीषण लडाईँका बीच इजरायली सेनाले पछिल्लो २४

बालुवाटारमा सभामुख : दबाव दिन कि सत्तापक्षको साक्षी बस्न ?

काठमाडौं – सभामुख देवराज घिमिरे शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगे

भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

डोल्पा– त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको

छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्र 

खोटाङ– कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल(खानीडाँडा-आहाले सडकको कामले गति

वैदेशिक रोजगारीमा गएका साथीहरू ठगिनु भएन : सभापति देउवा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक