चिसोमा मुटुरोग र हृदयघातबाट कसरी बच्ने ? « Khabarhub

चिसोमा मुटुरोग र हृदयघातबाट कसरी बच्ने ?


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपत्यकासहित देशका सबै भागमा चिसो बढेको छ । यो मौसममा बालबालिका र वृद्ध वृद्धाको स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्छ । दम तथा मुटुरोगबाट ग्रसित विरामीले पनि यो मौसममा विशेष सावधानी अपनाउनुपर्छ ।

चिसो सुरू भएसंगै राजधानीका अस्पतालहरूमा मुटुजन्य समस्या लिएर आउनेको संख्या बढदै गएको छ । हार्टअट्याक, हार्टफेल, ब्लडप्रेसर तथा स्ट्रोकका विरामीहरूको संख्यामा निकै बढेको अस्पतालको तथ्याङ्कले देखाएको छ ।

मुटुजन्य समस्याबाट बच्नको लागि

–मुटुरोगीहरू जाडो बढेका बेला मर्निङवाकमा ननिस्कने ।

–मुटुरोगीले नियमित स्वास्थ्य परीक्षण गर्ने ।

–व्यायम गर्न परे घरभित्रै गर्ने ।

–शरीरमा चिसो पैतलाबाट घुस्ने हुनाले बाक्ला मोजा लगाउने ।

–छातीतथा फोक्सोमा चिसो घुस्न नदिन न्यानो कपडा लगाउने ।

–खुट्टामा चिसो रहे शरीर नतात्ने हुनाले खुट्टाको पैतला तताउन बल गर्ने ।

–खुट्टा नताते तातोपानीमा डुवाउने, हडवाटर व्यागले सेक्ने ।

–तेल तताएर पैतालामा विशेष मालिस गर्ने ।

–बिहानको घाममा ढाड फर्काएर बस्ने ।

–शरीरमा बाक्ला कपडा लगाउने ।

–बस्ने कोठामा भयान्टीलेसन राखेर हिटर ताप्न सकिन्छ ।

के कस्तो खानेकुरा खाने ?

–तातो सुपहरू प्रसस्त खाने ।

–तातो पानी प्रसस्त खाने ।

–कालोचियामा मरिज हाली खादा पनि शरीरका लागि राम्रो हुन्छ ।

–गहतको झोल बनाई खादा पनि चिसोबाट बच्न सकिन्छ ।

–ज्वानोको झोल बनाई खान पनि सकिन्छ ।

–गुन्द्रुकको झोल, भट्टमास र भुटेको मकै खादा पनि जाडोमा निकै लाभ दायक हुन्छ । मुुटुरोगीहरूले माछा तथा कुखुराको मासुहरू खान मिल्छ ।

–लसुन तथा अदुवाले पनि फाइदा गर्छ ।

यति हुदा हुदै पनि मुटुजन्य रोगी बालक तथा वृद्धहरूमा यसको समस्याहरू देखिन थाल्यो भने तत्कालै अस्पतालमा गई सम्वन्धीत चिकित्सकलाई देखाउनु पर्दछ । समयमै सही उपचार हुन सकेन भने चिसोले छिटै ज्यान लिन पनि बेर लाग्दैन ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ८ : ३७ बजे

बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग

लमजुङ- वर्षायामसँगै घटेको अन्नपूर्ण पदमार्गको पर्यटक आगमन पछिल्लो दुई सातायता

अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

तेहरान- इरानको विदेश मन्त्रालयले सोमबार दक्षिण कोरियालाई होर्मुज जलसन्धिमा अमेरिकी

बाढीमा आफन्त हराएकाहरू भन्छन्- गृहमन्त्रीज्यू, अक्सिजन बोक्ने हामी छौँ, तपाईं स्टन्ट रोकेर काम गर्नुस्

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

खानेपानीको मूल सुक्दै गएपछि पुनर्जीवित कार्यक्रमको सुरुवात

काभ्रेपलाञ्चोक– पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान