सम्झना कप टेबलटेनिस माघ तेस्रो साता हुने « Khabarhub

सम्झना कप टेबलटेनिस माघ तेस्रो साता हुने


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ललितपुर टेबलटेनिस क्लबको आयोजनामा पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ। सो प्रतियोगिता माघ १७ देखि २१ गतेसम्म सञ्चालन हुनेछ।

आयोजक ललितपुर टेबलटेनिस क्लब र सम्झना ल्याबोरेटरी क्लिनिकबीच बुधबार प्रायोजन सम्झौता पनि भएको छ। ललितपुर टेबलटेनिस क्लबका अध्यक्ष उर्दिप जोशी र सम्झना ल्याबोरेटोरी क्लिनिककी निर्देशक रजना श्रेष्ठ जोशीबीच सम्झौता पत्र आदान प्रदान भयो।

सो सम्झौताअनुसार प्रतियोगिताको अनुमानित बजेट २२ लाख ५५ हजार रुपियाँ मध्ये ५० प्रतिशत खर्च सम्झना ल्याबोरेरटीले वेहोर्ने बताइएको छ।

प्रतियोगितामा नेपाललगायत भारत, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स, थाइल्यान्ड, युएइ, जापान, फ्रान्स, इङ्गल्यान्ड, दक्षिण कोरियाका करबि पाँच सय खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतियोगितमा पुरुष-महिला एकल र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी सात स्पर्धामा खेल हुने छ। एकल र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। भेट्रानतर्फ विजेतालाई २० हजार, उपविजेतालाई दस हजार तथा तेस्रोलाई पाँच हजारबाट पुरस्कृत गरिने छ। प्रतियोगितको कूल पुरस्कार राशी पाँच लाख रहेको छ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ७ : ३३ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग