काठमाडौँ – नेपाली सेनाले १८ जना वृक्षरोपण हेरालु मागेको छ। काठमाडौं तराई मधेस द्रुतमार्ग सडक आयोजनाका लागि सेनाले करारमा वृक्षरोपण हेरालु राख्न लागेको हो।
सडक निर्माणको क्रममा रुख काटिएका थिए। त्यसको क्षतिपूर्तिस्वरुप वृक्षरोपण गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने भएकाले वृक्षरोपण हेरालु राख्न लागिएको हो।
४५ वर्ष ननाघेका तथा साधारण लेखपढ र बोटबिरुवा रोपाइ एवं हेरचाह गर्न सक्ने व्यक्तिले ओदन दिन सक्नेछन्। कार्यक्षेत्र बाराको जितपुर, सिमरा तथा निजगढ नगरपालिका रहेको छ। पारिश्रमिक मासिक १८ हजार उपलब्ध हुने जनाइएको छ।













प्रतिक्रिया