नगरपालिकाको समन्वयमा विद्यालयलाई प्रविधिमैत्री सामग्री « Khabarhub

नगरपालिकाको समन्वयमा विद्यालयलाई प्रविधिमैत्री सामग्री


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बनेपा– नगरभित्रका विद्यालयलाई प्रविधिमैत्री विद्यालय बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको समन्वयमा उज्यालो नेपालको सहयोगमा प्रविधिमैत्री सामग्री हस्तान्तरण गरिएको छ । सो संस्थाको सहयोगमा १६ विद्यालयलाई ल्यापटप, टिभी, प्रोजेक्टर, प्रिन्टर तथा कक्षाकोठा व्यवस्थापनका सामग्री हस्तान्तरण गरिएको हो । पाँचखालका नगर प्रमुख महेश खरेलले नगरभित्रका सबै विद्यालय प्रविधिमैत्री बनाउनुका साथै गुणस्तरीय शिक्षामा जोड दिएको बताए । उनले त्यसका लागि आवश्यक पूर्वाधार र सामग्रीको व्यवस्थापन गर्दै आएको बताए। 

‘नयाँ प्रविधिले शैक्षिक गुणस्तर बढाउन सहयोग पुग्ने भएकाले नगरले प्रविधिमैत्री शिक्षामा जोड दिँदै आवश्यक सामग्रीको व्यवस्थापनमा पहिलो प्राथमिकता दिएका छौँ’, उनले भने। विद्यालयलाई सामग्री हस्तान्तरणसँगै कक्षाकोठा व्यवस्थापनमा विशेष ध्यान दिन प्रधानाध्यापकलाई उनले आग्रह गरेका छन् ।

कार्यक्रममा उज्यालो नेपालका अध्यक्ष प्रभाकर महर्जनले प्राप्त सामग्रीको सदुपयोग गर्न विद्यालय प्रशासनलाई अनुरोध गरेका छन् । नगरका प्रवक्ता एवं उज्यालो नेपालका उपाध्यक्ष सञ्जय तामाङले विद्यालयलाई आवश्यकताका आधारमा टिभी, प्रिन्टर, ल्यापटप, प्रोजेक्टर तथा कक्षाकोठा व्यवस्थापनमा सहयोग गरेको बताए। उनका अनुसार आठ लाख ६० हजार बराबरको सामग्री वितरण गरिएको छ ।

पाँचखाल-३ का वडाध्यक्ष सुन्दर अधिकारी, नगरपालिका शिक्षा शाखाका अनुसार प्रमुख उदय कोइराला, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा नगर प्रमुख खरेलले सामग्री हस्तान्तरण गरेका हुन् ।

 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ४ : ०४ बजे

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको