‘अनुसन्धानमा आधारित शिक्षा आवश्यक’  « Khabarhub

‘अनुसन्धानमा आधारित शिक्षा आवश्यक’ 


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा. प्रेमनारायण अर्यालले अनुसन्धानमा आधारित शिक्षा आवश्यक हुनेमा जोड दिएका छन् । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका आयोजना एवम् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा सञ्चालित तीनदिने स्वास्थ्य अनुसन्धान पद्धतिसम्बन्धी तालिमको उद्घाटन गर्दै उनले अनुसन्धानले नयाँ सोच, ज्ञान र परिवर्तनको विकास गर्ने उल्लेख गरे । लेखेर, घोकेर, अनुकरण गरेर हासिल हुने शिक्षाले समाज परिवर्तन गर्न नसक्ने उल्लेख गर्दै उनले प्राज्ञिक उन्नयन र व्यक्तित्व विकासका लागि विश्वविद्यालय शिक्षा रचनात्मक र अनुसन्धानमुखी हुनुपर्नेमा जोड दिए ।

पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा. दीपकबहादुर भण्डारीले शिक्षक राष्ट्रको प्रबुद्ध वर्गमा पर्ने उल्लेख गर्दै पढ्ने पढाउने मात्र नभई उसले सभ्य र अनुशासित जनशक्ति उत्पादनतर्फ ध्यान दिनुपर्ने बताए । अनुसन्धानमा विश्वसनीयता र नवीनता हुनुपर्ने उल्लेख गर्दै उनले अनुसन्धान प्रस्ताव डिग्री हासिल गर्नेतर्फ मात्र नभई पाठ्यक्रम निर्माण र जनस्वास्थ्य परियोजना भित्र्याउनेतर्फ पनि केन्द्रित हुनुपर्नेमा जोड दिए । 

कार्यक्रममा विश्वविद्यालयका मानविकी तथा सामाजिकशास्त्र संकायका डिन सह प्रा डा अजय थापा, स्वास्थ्य विज्ञान संकायका डिन सह प्रा डा. अमर नागिला, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवाली, स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका स्कुल निर्देशक उपप्रा विमला भट्ट लगायतले अनुसन्धानको महत्व लगायतमा बोले।

विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालका अनुसार स्वास्थ्य प्रणाली अनुसन्धान प्रस्ताव विकासमा स्वास्थ्यकर्मीको ज्ञान तथा सीप वृद्धि गरी उनीहरूलाई स्वास्थ्य अनुसन्धान प्रक्रियाका बारेमा परिचित गराउने उद्देश्यका साथ कार्यशाला आयोजना गरिएको हो । 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ४ : ३९ बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण