‘युरोपमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम गर्छु’ « Khabarhub

स्वीट्जरल्याण्डका लागि सद्भावना दूत फुञ्जो भन्छिन्ः

‘युरोपमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम गर्छु’


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : स्वीट्जरल्याण्डका लागि सद्भावना दूत फुञ्जो लामाले नेपालको पर्यटन प्रवर्द्धनका लागि युरोपमा कार्यक्रम गर्ने बताएकी छन् । पर्यटन मन्त्रालयबाट स्वीट्जरल्याण्डका लागि सद्भावना दूत नियूक्त भएपछि उनले खबरहबसँगको कुराकानीमा चाँडै स्वीट्जरल्याण्ड लगायत युरोपमै विशेष कार्यक्रम गर्ने योजना बनाइरहेको बताएकी हुन् ।

उनी पटक पटक गरी ३० पटकभन्दा बढी युरोप पुगेकी छन् । उनी लामो समय युरोप बसेपनि नेपालको हिमाल आरोहण दलमा सलंग्न भएर आधा दर्जन हिमालको आरोहण गरेकी छन् । उनले सबैभन्दा छिटो महिलाका रुपमा सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएकी छन् ।

३९ घण्टामै सगरमाथा आरोहण गरेकी उनी स्वीट्जरल्याण्डका लागि सद्भावना दूत बनेपछि खुशी भएकी छन् । लामो समय नेपालको हिमाल आरोहणमा पथप्रदर्शक भएकी उनले हिमाल यात्राको थालनी भने गोरखाबाटै हेलिकोप्टरमा झुण्डिएर उद्धार गर्ने कामबाट सुरु गरेकी हुन् ।

त्यसपछि उनी यसबारे तालिम लिन युरोप पुगेकी थिइन् । आधा दर्जन हिमाल आरोहण गरेकी लामाले नेपालको हिमाल पर्यटनकी लामो अनुभव बोकेकी गहिरो अध्येता हुन् । जलवायु परिवर्तनले गर्दा नेपालका हिमाल ठूलो जोखिममा परेको भन्दै उनले भविष्यमा ठूलै प्रकोप निम्तन सक्ने भन्दै चिन्ता व्यक्त गरिन् ।

आगामी दिनमा नयाँ पुस्ता र विद्यालय शिक्षादेखि नै नेपालको हिमाल संरक्षणका लागि सरकारले विशेष पहल गर्नुपर्नेमा उनले जोड दिइन् । नेपालको पर्यटन प्रवर्द्धन, पर्यटनको गुणस्तर कायम राख्न र युरोप लगायतका देशमा प्रवर्द्धनका कार्यक्रम गर्न अरु संस्था र व्यक्तित्वसँग पनि सहकार्य गर्ने दूत लामाको भनाई छ ।

‘नेपालको पर्यटन प्रवर्द्धनका लागि विभिन्न भेटघाट र छलफल गरिरहेकी छु’ उनले खबरहबसँग भनिन्, ‘स्वीट्जरल्याण्डसँगै युरोपभर नेपालको पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि कार्यक्रम गर्ने योजना बनाइरहेकी छु ।’

उनले आफूलाई सद्भावना दूत नियुक्त गरेकामा सरकारप्रति आभार व्यक्त गरिन् । अब पर्यटनमा केही गर्ने जिम्मेवारी बढेको भन्दै उनले एक्लैभन्दा समूहमा काम गर्ने सोच पलाएको समेत बताइन् ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ७ : ४० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको