स्वास्थ्य मन्त्रालयको कार्य उत्कृष्ट : जयराम यादव « Khabarhub

स्वास्थ्य मन्त्रालयको कार्य उत्कृष्ट : जयराम यादव


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नो कार्यकालमा उपलब्धिमूलक कार्य गरेको दाबी गरेका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले विगत ११ महिनामा गरेको प्रगति विवरण सार्वजनिक गर्दै प्रदेशमा मन्त्रालय उत्कृष्ट रहेको बताए।

मन्त्री यादवले सो अवधिमा छवटा नीति तथा कानुन निर्माण गरिएको, तीन वटा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिएको र प्रादेशिक अस्पताल भद्रपुरलाई दुई सय शय्यामा स्तरोन्नति गरिएको बताए ।

यसैगरी नौवटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको, नौ जिल्ला अस्पतालमा शव गृहका लागि फ्रिज खरिद गरिएको, प्रदेश सरकार मातहत रहेका मदन भण्डारी अस्पताल, प्रादेशिक अस्पताल भद्रपुर र छवटा जिल्ला अस्पतालमा शव बाहन वितरण गरेका लयायतका महत्वपूर्ण कार्य गरिएको उनले जानकारी दिए ।

मन्त्री यादवले आयुर्वेद, कोभिड-१९ विरुद्धको खोप, डेङ्गु नियन्त्रणलगायत दर्जनौँ कार्यक्रम आफूले ल्याएको बताए ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ७ : ५५ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई