रुपन्देहीमा करेन्ट लागेर मजदुरको ज्यान मृत्यु « Khabarhub

रुपन्देहीमा करेन्ट लागेर मजदुरको ज्यान मृत्यु


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बुटवल – रुपन्देहीको कञ्चन गाउँपालिकामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। कञ्चन गाउँपालिका– ४ स्थित क्षेत्री टोलमा करेन्ट लागेर कपिलवस्तुको बाणगंगा –१० गोगापुर बस्ने करिव ५५ वर्षका घुराहप्रसाद थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ।

वडाको क्षेत्रीटोल बस्ने भिमकुमार काउचाको घर ढलाईका लागि सटरिङ्ग गर्ने क्रममा फलामको छडले विद्युत्‌को हाइटेन्सन तारमा छुँदा दिउँसो करिब १ बजेको समयमा थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ८ : ४० बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन