मेक्सिकोमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा झडप, २९ जनाको मृत्यु « Khabarhub

मेक्सिकोमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा झडप, २९ जनाको मृत्यु


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जेलमा रहेका लागुऔषध कारोबारी जोक्विन ‘एल चापो’ गुजम्यानका छोरा ओभिडियो गुजम्यानलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु भएको मेक्सिको सरकारले शुक्रबार जनाएको छ । उक्त झडपमा १० सैनिक र १९ जना संदिग्ध अपराधी मारिएका सरकारी अधिकारीले पुष्टि गरेका छन् ।

“दुर्भाग्यवस, कर्तव्यपालनको क्रममा सेनाका १० जना सदस्यले आफ्नो ज्यान गुमाउनु परेको छ,” रक्षामन्त्री लुइस क्रेसेन्सियो सान्डोवालले पत्रकारहरूसँग भने । बिहीबारको कारबाहीमा ‘कानून उल्लङ्घन गर्ने’ १९ जना संदिग्ध लागुऔषध कारोबारी पनि मारिएका उनले बताए ।

सन् २०१७ मा एल चापोलाई संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गरिएपछि ओभिडियो गुजम्यानले आफ्नो बुबाको कारोबार चलाउन सहयोग गरेको आरोप लगाइएको थियो ।

उत्तरपश्चिमी शहर कुलियाकानमा बिहीबार पक्राउ परेका ३२ वर्षीय उनलाई गुप्तचर निकायले गरेको छ महिना लामो खोजीपछि सैन्य विमानबाट मेक्सिको सिटी लगिएको सरकारले जनाएको छ ।

ओभिडियो गुजम्यानलाई पक्रने सूचना दिनेलाई अमेरिकाले ५० लाख अमेरिकी डलरसम्म पुरस्कार दिएको थियो । यसले उनलाई कुख्यात सिनालोआ कारोबार अभियानमा एक प्रमुख अभियुक्त भएको पुष्टि गर्छ ।

मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले आगामी हप्ता अमेरिकी समकक्षी जो बाइडेनलाई उत्तर अमेरिकी नेताहरूको शिखर सम्मेलनमा स्वागत गर्ने तयारी गरिरहेका बेला कुलियाकानलाई पक्राउ गरिएपछि चलेको गोली र आगजनीले मेक्सिकोमा हलचल मच्चाएको छ ।

बिहीबारको प्रारम्भिक रिपोर्टमा हिंसामा एक नेसनल सुरक्षाकर्मीको मृत्यु हुनुका साथै कम्तीमा २८ जना घाइते भएको जनाइएको थियो ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ८ : ५७ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको