पार्किङ व्यवस्थापनका लागि महानगर र जग्गाधनीबीच सम्झौता | Khabarhub Khabarhub

पार्किङ व्यवस्थापनका लागि महानगर र जग्गाधनीबीच सम्झौता


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विराटनगर – विराटनगर महानगरपालिकाको सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन गर्नका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइएको छ । यसक्रममा विराटनगर–७ महावीर रोड उत्तर र शनिमन्दिर दक्षिणबाट पूर्वमा रहेको जग्गामा पार्किङका लागि महानगरले सम्बन्धित जग्गाधनीसित आज सम्झौता गरेको छ ।

विराटनगर–७ निवासी शोभा मास्के प्रधान, केदारशक्ति मास्के र बद्रीशक्ति मास्केको नाममा रहेको तीन कठ्ठा पाँच धुर जग्गा पार्किङका लागि प्रयोग गरिने भएको हो । महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, सरसफाई शाखा प्रमुख पुनम दाहाल र महानगर प्रहरी प्रमुख राजन पौडेल र जग्गाधनीका तर्फबाट बद्रीशक्ति, शोभा र केदारशक्तिले हस्ताक्षर गरेका छन् ।

उनीहरूले महानगरलाई एक वर्षका लागि निःशुल्क जग्गा उपलब्ध गराएका हुन् । सरसफाइसहितका सम्पूर्ण कार्य महानगरले गर्नुपर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै महानगरले सःशुल्क पार्किङको व्यवस्थापन मिलाउनेछ । सम्झौता भङ्ग गर्नुपरेमा कम्तीमा दुई महिना अगाडि जानकारी गराउनुपर्नेछ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित बनाउने महानगरको अभियानमा सहयोग गर्न प्रमुख नागेश कोइरालाले महानगरवासीलाई आग्रह गर्दै आएका छन् ।

प्रयोगविहीन खाली जग्गामा पार्किङ व्यवस्थापन गरेर बजार क्षेत्रको ट्राफिक समस्या समाधान गर्ने महानगरको योजना छ । सोही योजनाअन्तर्गत महानगरले जलजला हल उत्तरमा रहेको खाली जग्गामा पनि पार्किङको व्यवस्थापन गरिएको छ । अतिथि सदन दक्षिण–पूर्वमा पनि पार्किङका लागि तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  १० : ११ बजे

वीरगञ्ज महानगरपालिका क्षेत्रमा खानेपानी परीक्षण जारी

काठमाडौं– वीरगञ्ज महानगरपालिकामा खानेपानी परीक्षण तथा शुद्धीकरणलाई जारी राखिएको छ

खोटाङको साकेलामा श्रमदान अभियान

खोटाङ– साकेला गाउँपालिकामा जनश्रमदान अभियान जारी रहेको छ । अभियानमार्फत

तीजमा कस्तो दर कसरी खाने ?

काठमाडौँ – नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजको दर

आयुर्वेद औषधि उत्पादन केन्द्रद्वारा नौ प्रकारका औषधि उत्पादन

चितवन– आयुर्वेद औषधि उत्पादन केन्द्र रत्ननगरले चालु आर्थिक वर्षमा नौ

रौतहटको बनबहुअरीमा मानवसेवा आश्रम सञ्चालन

चन्द्रपुर– कुशेऔँसीको अवसरमा सडक आश्रित ‘बा’हरूका लागि चन्द्रपुर–७ बनबहुअरीमा मानवसेवा