१६ वर्षअघिको गौर घटना : उपेन्द्र यादवसहित १३० जनाविरुद्ध अनुसन्धान गर्न सिफारिश « Khabarhub

१६ वर्षअघिको गौर घटना : उपेन्द्र यादवसहित १३० जनाविरुद्ध अनुसन्धान गर्न सिफारिश


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले १६ वर्षअघि रौतहटको गौरमा भएको घटनामा दोषी रहेको भन्दै १३० जनाविरुद्ध मुद्धा चलाउन सिफारिश गरेको छ ।आयोगको पुस १९ गते बसेको बैठकले नता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान गरि मुद्दा चलाउन सिफारिश गरेको हो ।

२०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालीन नेकपा (माओवादी) र मधेशी जनअधिकार फोरमले आमसभाको आयोजना गरेका थिए। दुवै पार्टीले आमसभा आयोजना गरेपछि झडप भएको थियो।

झडपका क्रममा माओवादीका २७ जना कार्यकर्ताको ज्यान गएको थियो। झडपमा ११५ जना घाइते भएका थिए।मृतका आफन्तले घटनामा संलग्न रहेका व्यक्तिहरु विरुद्ध प्रहरीमा उजुरी दिएको थियो।

१६ वर्ष बितिसक्दा पनि दोषीमाथि कारबाही हुन नसकेको जनाउँदै मानव अधिकार आयोगले पीडित परिवारलाई न्याय दिन सरकारलाई निर्देशन दिएको हो।

आयोगको निर्णयमा भनिएको छ, उल्लेखित व्यक्तिहरु उपर तत्काल अनुसन्धान तहकीकात गरी दोषी देखिएका व्यक्तिहरु उपर अभियोग दर्ता गराउने कार्य गरी सो को जानकारी यस आयोगलाई गराउन र प्रत्येक तीन तीन महीनामा आयोग समक्ष प्रगति प्रतिवेदन पठाउन। साथै आयोगले पीडित परिवारलाई जनही तीन लाख क्षतिपूर्ति दिन पनि सिफारिश गरेको छ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  १० : २५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको