तारकेश्वरमा आगामी माघ १ देखि स्वास्थ्य बीमा « Khabarhub

तारकेश्वरमा आगामी माघ १ देखि स्वास्थ्य बीमा


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तारकेश्वर नगरपालिकामा आगामी माघ १ देखि सामाजिक न्यायमा आधारित स्वास्थ्य बीमा कार्यक्रम सुरु हुने भएको छ । तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाले आज महिला स्वास्थ्य स्वयम् सेविकाका लागि स्वास्थ्य बीमासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरी आगामी महिनादेखि नगरपालिकाभर स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न लागेको जानकारी दिएको हो ।

सचेतना कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार शाहले नेपाली नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले सरकारले थालेको स्वास्थ्य बीमा कार्यक्रम तारकेश्वमा लागू गर्न लागेको जानकारी दिए ।

नेपालको संविधान, २०७२ को धारा ३५ मा स्वाथ्यसम्बन्धी हकलाई नेपाली नागरिकको मौलिक हकका रूपमा समेटिएको छ । यस्तै, संविधानको धारा ५१ ‘ज’ १५ मा राज्यका नीति निर्देशक सिद्धान्तअन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै उनीहरुको स्वास्थ्योपचारमा पहुँचको व्यवस्था मिलाउने भनी किटान गरिएको छ । स्वास्थ्य बीमा गर्नका लागि पाँच जनासम्मको परिवारले वार्षिक रु तीन हजार पाँच सय र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्यको थप सात सय बीमा रकम तिर्नुपर्ने हुन्छ ।

स्वास्थ्य शाखा प्रमुख शाहले स्वास्थ्य बीमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवा, स्वास्थ्य बीमा कार्यक्रमले तोकेका र परीक्षण सेवा पनि पाउने बताए । पाँच जनाको परिवारले आवश्यक पर्दा वार्षिक रु एक लाख र पाँच जनाभन्दा बढी सदस्य भएका परिवारले प्रतिसदस्य २० हजार रुपैयाँ थप गरी दुई लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउने उनको भनाइ छ ।

स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्नका लागि आज नगरपालिकाले नगरभित्रका एक सय ८८ महिला स्वास्थ्य स्वयम् सेविकालाई स्वास्थ्य बीमासम्बन्धी सचेतना कार्यक्रमसमेत दिएको थियो । काठमाडौँभित्र यसअघि कागेश्वरी–मनोहरा नगरपालिका र टोखा नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिसकेका छन् ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  १० : ३७ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी