तारकेश्वरमा आगामी माघ १ देखि स्वास्थ्य बीमा « Khabarhub

तारकेश्वरमा आगामी माघ १ देखि स्वास्थ्य बीमा


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तारकेश्वर नगरपालिकामा आगामी माघ १ देखि सामाजिक न्यायमा आधारित स्वास्थ्य बीमा कार्यक्रम सुरु हुने भएको छ । तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाले आज महिला स्वास्थ्य स्वयम् सेविकाका लागि स्वास्थ्य बीमासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरी आगामी महिनादेखि नगरपालिकाभर स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न लागेको जानकारी दिएको हो ।

सचेतना कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार शाहले नेपाली नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले सरकारले थालेको स्वास्थ्य बीमा कार्यक्रम तारकेश्वमा लागू गर्न लागेको जानकारी दिए ।

नेपालको संविधान, २०७२ को धारा ३५ मा स्वाथ्यसम्बन्धी हकलाई नेपाली नागरिकको मौलिक हकका रूपमा समेटिएको छ । यस्तै, संविधानको धारा ५१ ‘ज’ १५ मा राज्यका नीति निर्देशक सिद्धान्तअन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै उनीहरुको स्वास्थ्योपचारमा पहुँचको व्यवस्था मिलाउने भनी किटान गरिएको छ । स्वास्थ्य बीमा गर्नका लागि पाँच जनासम्मको परिवारले वार्षिक रु तीन हजार पाँच सय र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्यको थप सात सय बीमा रकम तिर्नुपर्ने हुन्छ ।

स्वास्थ्य शाखा प्रमुख शाहले स्वास्थ्य बीमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवा, स्वास्थ्य बीमा कार्यक्रमले तोकेका र परीक्षण सेवा पनि पाउने बताए । पाँच जनाको परिवारले आवश्यक पर्दा वार्षिक रु एक लाख र पाँच जनाभन्दा बढी सदस्य भएका परिवारले प्रतिसदस्य २० हजार रुपैयाँ थप गरी दुई लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउने उनको भनाइ छ ।

स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्नका लागि आज नगरपालिकाले नगरभित्रका एक सय ८८ महिला स्वास्थ्य स्वयम् सेविकालाई स्वास्थ्य बीमासम्बन्धी सचेतना कार्यक्रमसमेत दिएको थियो । काठमाडौँभित्र यसअघि कागेश्वरी–मनोहरा नगरपालिका र टोखा नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिसकेका छन् ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  १० : ३७ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार