आज तरकारी र फलफूलको मूल्य आज कति? « Khabarhub

आज तरकारी र फलफूलको मूल्य आज कति?


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार,  किवि र आभोकाडो ३०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, अमला ६० रुपैयाँ र अम्बा १२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

नेपाली ठूलो गोलभेँडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २५ रुपैयाँ, सेतो आलु १९ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, कागती १२० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम रहेको  समितिले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ केजी, बचुवा माछा २५० रुपैयाँ केजी, मंगुरी माछा ३०० रुपैयाँ केजी र रहु माछा ३५० रुपैयाँ केजीमा पाइन्छ ।

सोमबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, कन्य च्याउ  ११० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ९० रुपैयाँ, तोरीको साग र जिराको साग ४० रुपैयाँ, रायो सागको ३० रुपैयाँ, चमसुर, मेथी, पालु‌ंगो र सौंफको साग ५० रुपैयाँमा पाइन्छ ।

यसैगरी छ्यापी सुकेको ३०० रुपैयाँ, छ्यापी हरीयो १०० रुपैयाँ, भारतीय सुकेको प्याज ३६ रुपैयाँ, हरियो प्याज ८० रुपैयाँ, पुदीना ४०० रुपैयाँ र हरियो धनियाँ ३० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  १० : ५४ बजे

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ