गौशालावासी पाँच दिनदेखि धमिलो र दूषित पानी पिउन बाध्य « Khabarhub

गौशालावासी पाँच दिनदेखि धमिलो र दूषित पानी पिउन बाध्य


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीस्थित गौशाला नगरपालिकामा पिउने पानीको चरम समस्या भएको छ। स्थानीयवासी पाँच दिनदेखि धमिलो पानी पिउन बाध्य भएका छन्। बोरिङको सतह फुटेपछि करिब चार सय घरधुरी सफा पिउने पानीबाट वञ्चित भएका हुन्।

पाँच दिनदेखि वडा न.१२ को कान्तिबजार, नयाँ टोल, परहडिया, पुरानो कान्तिबजारलगायतका स्थानीयवासीहरु धमिलो र दूषित पानी पिउन बाध्य भएका स्थानीय हृदय सिंह कुशवाहाले जानकारी दिए।

आइतबारकबाट नगरपालिकाले पिउने पानीको लागि ट्याकंरबाट  व्यवस्था गरे पनि त्यो पर्याप्त बन्न सकेको छैन। ‘नगरपालिकाले ल्याएको ट्याकंरको पानी पहुँचवालाहरुले मात्र पाएका छन्,’ कुशवाहाले भने, ‘पालिकाले तत्काल स्वच्छ खानेपानी व्यवस्था नगरेर स्थानीयवासीमा स्वास्थ्यमा समस्या देखिन सक्छ।’

यता वडा अध्यक्ष कुशेश्वर सिंहले भने स्थानीयहरुको धारामा धमिलो दूषित पानी आए पनि पिउने पानीको समस्या नरहेको दाबी गरेका छन्।
‘बोरिङ अनुगमनको लागि जाँदा पिँधमा फुटेको देखियो,’ उनले भने, ‘त्यही बोरिङलाई मर्मतसम्भार गर्न सक्ने अवस्था छैन। नयाँ बोरिङको प्रक्रियामा छौँ।’

दूषित पानीको कारण स्थानीयमा स्वास्थ्यमा समस्या देखिन थालेको छ। परहडियाका केही स्थानीयहरुमा झाडापखाला, रुघाखोकी जस्ता समस्या देखिन थालेको दिपलाल महतोले जानकारी दिए। ‘विशेषगरी गर्भवती महिला, बालबालिकाहरुमा समस्या देखिन थालेको छ,’ उनले भने।

पानीको समस्या समाधानका लागि नगरपालिका जाँदा उल्टै गाली गर्ने गरेको बताएका महतोले स्थानीय सरकारबाट अभिभावकत्व नपाएको गुनासो समेत गरे। पिउने पानी जस्तो गम्भीर विषयमा स्थानीय सरकारले बेवास्ता गरेको बताउँदै तत्काल समस्या सावधानको लागि पहलकदमी लिन स्थानीयहरुले ध्यानाकर्षण गराएका छन्।

धमिलो र दूषित पानीको मुख्य दोषी  खानेपानी उपभोक्ता समितिलाई दिँदै स्थानीयहरुले वडा अध्यक्ष आफै अध्यक्ष रहेको उक्त समितिले उपभोक्ताहरुको हितअनुकुल काम नगरेको हुनाले नै यस्तो अवस्था सिर्जना भएको आरोप लगाए।

वडा अध्यक्ष कुशेश्वर सिंहका अनुसार यसअघि समस्याग्रस्त क्षेत्रमा ३ वटा बोरिङ थिए। अहिले बिग्रिएको बोरिङसमेत गरि बाँकी एउटा बोरिङ छ। ‘खानेपानी डिभिजन कार्यालय महोत्तरीलाई जानकारी गराइसकेको हुनाले सोमबारदेखि नै प्राविधिकहरु आएर समस्याग्रस्त क्षेत्रमा अध्ययन गर्ने विश्वास लिएको छु,’ उनले भने।

तर, वडा अध्यक्ष सिंहले प्रतिबद्धता जनाए पनि स्थानीय विश्वस्त हुन सकेका छैनन्। यसअघि पटक–पटक समस्याकाबारेमा  ध्यानाकर्षण गराउँदा पनि उनीबाट सुनुवाइ नभएको स्थानीयहरुको गुनासो छ।

खानेपानी बोरिङलाई केही स्थानीयहरुले राती चोरेर सिंचाइमा प्रयोग गर्ने र मोटर लगाएर निकाल्ने गरेको हुनाले फिल्टरमा समस्या भएर इनार काम नलाग्ने भएको स्थानीय हृदय सिंह कुशवाहा बताउँछन्।

गौशालामा पानीको समस्या भएको यो पहिलोपटक भने होइन। यसअघि गैरिटोलमा पनि विद्युत् प्राधिकरणबाट लाइन काटेपछि पिउने पानी अवरुद्ध भएको थियो।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ११ : ४५ बजे

हिमालयन रिम फिल्म प्रदर्शनीले चीन-नेपालबीच युवा संवाद प्रवर्द्धन

काठमाडौं- हिमालयन रिम फिल्म प्रदर्शनीअन्तर्गत काठमाडौं विश्वविद्यालयमा आयोजना गरिएको कार्यक्रम

मदुरोमाथि ट्रम्पको दबाब

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पदबाट

महिला टी-२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक : नेपालको समूहमा कुन देश ?

काठमाडौं – सन् २०२६ जनवरीमा काठमाडौंमा हुने आईसीसी महिला टी–२०

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा विजयराज न्यौपाने

काठमाडौं– लमजुङबाट काठमाडौँ आई बसोबास गरिरहेका साहित्यकारको साझा संस्था मर्स्याङ्दी

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं–  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई