महिला टी-२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक : नेपालको समूहमा कुन देश ? « Khabarhub

महिला टी-२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक : नेपालको समूहमा कुन देश ?


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०२६ जनवरीमा काठमाडौंमा हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेलतालिका सार्वजनिक भएको छ ।

समूह विभाजनसँगै मंगलबार बिहान नेपाल क्रिकेट संघ (क्यान)ले खेल तालिका सार्वजनिक गरेको हो।आयोजक नेपाल समूह ‘बी’मा परेको छ।

प्रतियोगितामा नेपालसहित १० देश सहभागी हुँदैछन्।यो प्रतियोगिता त्रिवि क्रिकेट मैदान, कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुँदैछ।प्रतियोगिताको सुरुवात जनवरी १८ तारिखदेखि हुँदैछ।त्यसअघि जनवरी १४ र १६ तारिखमा वामअप खेल हुनेछन्।

क्यानले सार्वजनिक गरेको सूचना अनुसार समूह ‘बी’मा नेपालसँगै स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बाबे छन् भने समूह ‘ए’ मा बंगालदेश, आयरल्यान्ड, नामिबिया, पपुवान्युगिनी र अमेरिका छन्।

नेपालले पहिलो खेलमा जनवरी १८ तारिखमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।यो खेल मुलपानी मैदानमा हुँदैछ।नेपाली महिला टिम पहिलो पटक एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको हो।

१० देश सहभागी सुपर सिक्सको छनोट हुनेछ।सुपर सिक्सबाट शीर्ष चारमा पर्न सफल देश २०२६ को विश्वकपमा छनोट हुनेछन्।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  १२ : २४ बजे

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको