काठमाडौँ : देशमा व्याप्त बेरोजगारीका कारणले लाखौँ युवाहरू यति बेला विदेश जान बाध्य छन् । जुन वर्षौदेखि चलिरहेको श्रृङ्खला हो । स्वदेशमै केही उद्यमशीलता गरौँ भन्ने युवाहरूको निमित्त धेरै अप्ठ्याराहरू र समस्याहरू पनि देखिन्छन् । जसका कारण गर्दा प्रेम प्रसाद आचार्यहरू जिउँदै जलेर मर्न बाध्य भइरहेका छन् । आखिर देशमै उद्यमशीलता गर्न खोज्नेलाई पाइलैपिच्छे यस्तो समस्या मात्र किन ? यसै विषयमा आधारित रहेर सामाजिक अभियन्ता सुशील थापासँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश:
स्वदेशमै केही उद्यमशीलता गरौँ भन्ने युवाहरू मर्नु नै पर्ने अवस्था किन आइरहेको हो ?
देशको परिस्थिति त्यही हो । जो आए पनि हामी केही गर्छौँ भनेर आए पनि थोरै मात्र सफल भएका छन् । सबै जनाले युवाहरूलाई रोजगारी दिन्छौँ, समस्या समाधान गर्छौँ भनेर गएका हुन् । जितेका हुन् । तर उनीहरूले अहिले सम्म केही गरेको छैन । जनतामा भनेको कुरा केही पनि नभए पछि त्यसको फलस्वरूप यो घटना भयो ।
प्रेम प्रसाद आचार्यको आत्मदाह वैयक्तिक समस्या भन्दा पनि सामाजिक आर्थिक कारणले सिर्जित राज्यबाट भएको हत्या हो ?
व्यक्ति समाजसँग नै जोडिएको हुन्छ । उसको वैयक्तिक समस्याको लक्षण मात्र देखिने हो । चार वटा कुरा महत्वपूर्ण हुन्छ, सानो उद्योगले एउटा परिवारलाई पाल्न खोजेको हुन्छ । त्यसमा कुरा सरकारले भनेको छ र कार्यान्वयन गरेको छैन । प्रत्येक बैंकले प्रचलित साना क्षेत्र अन्तर्गत लगानी गर्नु पर्दछ भनेर प्रतिशत नै तोकेको छ । तर त्यसको नियमन नै छैन । सरकारले दिने अनुदान पनि सहज गराउनु पर्याे । अनुदान पाएको छ तर कसले पाएको छ त भनेर खुलाए त भइगो नि । पाउनु पर्नेले अनुदान नै पाएन । राजनीतिक मान्छे, एउटा झोलामा प्रोजेक्ट राख्ने मान्छेले अनुदान पाए भनेर उहाँले भन्नु भएको छ भने सरकारले हैन यस्तो हैन हामीले कृषि बैकमा यति लगानी गर्यौ भन्नु पर्दथ्यो । त्यसैले उहाँले भनेका सबै कुरा सत्य छन् । यो सरकारले गरेकै हत्या हो । उहाँले नामै लिएर भन्नु भएको संगठनहरू साँच्चै नै त्यस्तै छन् । हामीले यसलाई हल्का रूपले लिनु हुँदैन । यो एउटा विद्रोह हो ।
सहर भनेको भौतिक कुरा मात्र हैन, हरेक ठाउँमा भएका समस्या रुखो बोली यस्तो अवस्थामा के गर्ने ?
प्रेम प्रसाद भनेको सबै क्षेत्रमा उद्यमी गर्नु भएको सबै अनुभव दिनु भएको व्यक्ति हो । उहाँले देखाउनु भएको संघर्षमा देखाएको भनेको पैसामा हो । उहाँ नेपाली उद्योग भन्दा माथिल्लो उद्यमी हो । समाजप्रतिको खुलापन, सबै मान्छे चिनेको, सबै भोगेको मान्छेले त हरेस खानु पर्याे भने त्यति गर्ने मान्छे नेपालमा पाउन धेरै गार्हाे हुन्छ ।
यति धेरै अनुभव भएको व्यक्ति आफैलाई जलाउनुपर्ने अवस्थामा किन पुग्छ ?
व्यक्तिमा आफ्नो दौडिरहेको दिमागलाई कसरी बाँधेर काम गर्ने भनेर एउटा शिक्षा पनि आवश्यक छ । महानगरपालिकाले अभिभावकत्व लिने हो भने लगानी हुनु पर्यो। समयमा नै भ्याट तिर्नु पर्ने, अनुदान झोलावाला प्रोजेक्टलाई दिने, केही गर्छु भन्नेलाई नदिने र दुई पैसा कमायो भने २५ पैसा तिर भने पछि कसरी उद्यमशीलता गर्ने त ? हामीले पनि धेरै ठक्कर खायौँ । धेरै समस्या छ । कोही मान्छे मेरो परिवार पाल्न मलाई सरकारबाट जागिर भएन विदेश जान इच्छा छैन र म आफै केही गर्छु भनेर लाग्ने मान्छेलाई उपयुक्त वातावरण बनाइदिनु पर्यो। त्यो वातावरण हरेक ठाउँमा झमेलो भयो । नियममा एउटा छ । तर नियमन अर्को तिर भयो । उपयुक्त बजार व्यवस्थापन गराउनु पर्यो।
ठुला धनी झन् धनी नै हुँदै जाने अनि गरिब मर्दै जाने अवस्था नै हो ?
उहाँले लेख्नु भएको कुराहरू नीति नियममा काम गर्नेलाई ठुलो चुनौती हो । स्वास्थ्यलाई, अर्थलाई बसैलाई उर्जागर गराउनु भएको छ । माइक्रो फाइनान्सको सेयरहरू माथि गएको छ तर उनीहरूसँग ऋण लिने मान्छेको हालत निकै नाजुक छ । ९० प्रतिशत नेपालको पुँजी १० प्रतिशत मान्छेको हातमा छ । त्यही १० प्रतिशत मान्छेले सबै ठुलो उद्योग चलाउँछन् । नेपाली बैंकहरू साना उद्योगीहरूको पहुँच छैन । भएको पनि उच्च ब्याजदरमा छ ।
यस्तो समस्याको समाधान के होला ?
अब जनतासामु जुन एजेन्डा देखाएर सरकारमा जो जो आउनु भयो । त्यो काम अब उनीहरुले गर्नुपर्ला । मिडियाहरूको पनि कमजोर भूमिका छ, यसको समस्या पाएपछि त्यसलाई उजागर गर्नु पर्यो । टोल–टोल वडा–वडामा मार्केट दिनु पर्यो, स्थानीय उत्पादनलाई जोड दिनु पर्याे, सबै क्षेत्रमा सिर्जित समय कति हो त ? सरकारले आफ्नो ट्याक्स एक दिन ढिलो भयो भने १० हजार फाइन भर्ने । स्वरोजगार बनाउने नाममा आएका प्रोजेक्टहरुलाई सर्वे हुनुपर्छ । अनि मात्रै सुधार हुन्छ । नभए अवस्था उही हो । अहिले पनि भइरहेकै छ ।
(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)
प्रतिक्रिया