सडक बनाउन स्थानीयको दश लाख सहयोग « Khabarhub

सडक बनाउन स्थानीयको दश लाख सहयोग


११ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– आफ्ना घरआँगनलाई सडक सञ्जालसँग जोड्न काठमाडौंमा रहेका म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जावासीले १० लाख सहयोग गरेका छन् ।

गुर्जा समाजका अध्यक्ष लीलमाया छन्त्यालका अनुसार देउसीभैलो र सांस्कृतिक कार्यक्रमबाट सङ्कलन भएको १० लाख रुपैयाँ धौलागिरि गाउँपालिकला–२ लुलाङदेखि देउराली हुँदै गुर्जाको भैँसीमाने खोल्सासम्म पुगेको सडकलाई विस्तार गरी गुर्जा गाउँसम्म पुर्‍याउन पालिकालाई प्रदान गरिएको हो । यसअघि गुर्जाको ख्याली नाच समूहले एक लाख र हिमाली आमा समूहले दुई लाख सहयोग गरेका थिए ।

गुर्जामा सडक पुर्‍याउन सङ्घ सरकारले एक करोड ४० लाख, गाउँपालिकाले ३५ लाख, सहरी विकास मन्त्रालयबाट तीन करोड र गण्डकी प्रदेश सरकारबाट ५० लाख बजेट विनियोजन भएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । (रासस)

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ९ : ३४ बजे

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय