पत्रकार सम्मेलनमा कुण्ठाले पोखिएका रवि « Khabarhub

पत्रकार सम्मेलनमा कुण्ठाले पोखिएका रवि


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : रवि लामिछानेले आइतबार पत्रकार सम्मेलन गरेर आफ्ना सबै कुण्ठा पोखेका छन् । पत्रकार सम्मेलनमै उनले आफूले मिडियाविरुद्ध बोल्दा ठूलो मूल्य चुकाउनुपर्ने हेक्का रहेको भन्दै आफ्ना कुण्ठा पोख्दा राहत महसुस भएको बताएका हुन् ।

उनले अमेरिकाबाट नेपाल फर्केदेखि आफूले गरिरहेका काममा क-कसले अवरोध सिर्जना गरेका छन् वा आफूले काम गर्दा त्यसबाट को-को असन्तुष्ट छन् भनेर सबै नालीबेली सार्वजनिक गरेका छन् ।

गृहमन्त्री नपाउँदा सरकारबाट बाहिरिएको झोकमा रवि लामिछानेले केही नेता, धेरै पत्रकार र मिडिया मालिकप्रतिको गुनासो प्रकट गरेका छन् । यसले कालान्तरमा उनलाई कति क्षति गर्छ, त्यो उनको पाटो हो ।

तर यसले सबैभन्दा धेरै उनी पद गुमाएपछि संयमित हुनुको साटो झन् धेरै पोखिएका छन् । आफूमा तमाम कमजोरी हुँदा पनि रवि लामिछाने दोष अरुलाई थोपरिरहेका छन् । उनका केही प्रयास राम्रा थिए । धेरैका लागि अनुकरणीय थिए । उनी आफैँले थालेको छोटो समयको राजनीतिमा सफल पनि थिए ।

तर सत्ता र पद गुम्दा सम्हालिन नसकेका रवि लामिछानेले मिडियालाई तारो बनाएका छन् । यसरी तारो बनाउनु गलत हो वा सही ? तर रविले गरिरहेको गल्तीको समीक्षा आफूले गर्नुको साटो मिडियाले गरिदिउँन भन्ने उनको आशय भने गलत छ ।

मिडिया सदाबहार निगरानीकर्ता हो । मिडियाले सँधै निगरानी गर्छ । हरेकका काम कारबाहीको निगरानी गर्ने मिडियाको दायित्व हो । तर मिडियाको दायित्वलाई कमजोर सम्झेर बेवास्ता गर्ने रवि लामिछाने प्रवृत्ति घातक देखिन्छ । यसले भविष्यमा पनि मिडियाले उठाएका विषयवस्तु ओझेल पारेर केवल गाली शैली निम्तिने जोखिम बढेको छ ।

आफूले पद गुमाएको रिसमा आफ्नो पार्टीका सबै मन्त्रीलाई फिर्ता बोलाउने रविको कर्म सही देखिदैन । यसले भोलिका दिनमा धेरै नेता कार्यकर्तालाई योग्यता र क्षमता भएर पनि अवसरबाट बञ्चित गरिरहने प्रपञ्चका रुपमा बुझिनुपर्छ ।

यसले भोलिका दिनमा रवि लामिछाने आफूले केही गर्नेभन्दा आफूले भनेको नभए सबै पार्टी पंक्ति र पद्धति नै तहसनहस पारिदिने धाउन्नमा देखिन्छन् । आफूलाई आलोचित बनाउने मिडियालाई तथानाम गाली गर्ने उनी भुइँमान्छेका मुद्दाभन्दा बढी शक्तिशाली मान्छेका पछाडि लागेर आगामी राजनीतिक भविष्य नै विवादमा पारिरहन पनि चाहन्छन् ।

 

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ३ : ३२ बजे

भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता

वेलिङ्गटन- प्यासिफिक टापु राष्ट्र भानुआटुको समुद्री क्षेत्रमा यात्रु डुङ्गा डुब्दा

कांग्रेस इतर समूहको बैठक चुनदेवीमा बस्दै, महाधिवेशनबारे धारणा बनाउने

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले बैठक डाकेको छ ।

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौँ- नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा प्रणाली

ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व संङ्कलन

हेटौँडा- जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८२/८३ मा

प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधिको छलफल सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि विपद्