४२३ करोड कमाउँदै ‘जेलर २’ दोस्रो स्थानमा, दुई सातामै किन घट्यो रजनीकान्तको फिल्मको कमाइ ? « Khabarhub

४२३ करोड कमाउँदै ‘जेलर २’ दोस्रो स्थानमा, दुई सातामै किन घट्यो रजनीकान्तको फिल्मको कमाइ ?


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ ले बक्स अफिसमा ४२३ करोड भारतीय रुपैयाँ कमाइसकेको छ । 

प्रदर्शनको पहिलो सातामा आक्रामक कमाइ गरेको फिल्मले झन्डै दुई सातासम्म आफ्नो दबदबा कायम राखे पनि अहिले भने यसको कमाइको गति सुस्त हुन थालेको छ ।

नेल्सन दिलीपकुमारको निर्देशनमा बनेको यस फिल्मले प्रदर्शनको पहिलो दिन भारतमा ५९ करोड ७० लाख रुपैयाँ खुद सङ्कलन गरेको थियो। फिल्मप्रति दर्शकको उत्साह अग्रिम टिकट बुकिङमै देखिएको थियो । 

प्रदर्शन हुनुभन्दा पाँच दिनअघि, अक्टोबर १० देखि खुलेको अग्रिम बुकिङबाट पहिलो दिनका लागि मात्रै १८ लाख टिकट बिक्री भएका थिए, जसबाट ३७ करोड रुपैयाँ सङ्कलन भएको थियो ।

पहिलो सातामा पनि फिल्मले राम्रो कमाइलाई निरन्तरता दिँदै ३३४ करोड ३५ लाख रुपैयाँ सङ्कलन गरेको थियो । तर, दोस्रो सातामा प्रवेश गरेपछि यसको दैनिक कमाइ घट्न थालेको छ । 

बक्स अफिस ट्र्याकिङ साइट साकनिल्कका अनुसार फिल्मले पछिल्लो समय एकै दिनमा ६ करोड ५५ लाख रुपैयाँ मात्रै कमाएको छ । यो प्रदर्शनयताकै सबैभन्दा कम दैनिक सङ्कलन हो ।

यसका बाबजुद ‘जेलर २’ यस वर्ष भारतमा सर्वाधिक कमाइ गर्ने फिल्ममध्ये दोस्रो स्थानमा रहेको छ। पहिलो स्थानमा ‘धुरन्धर द रिभेन्ज’ छ । 

अब रणवीर कपुर, साई पल्लवी र यश अभिनीत ‘रामायण’ नोभेम्बर ५ देखि प्रदर्शनमा आउने भएकाले बक्स अफिसमा प्रतिस्पर्धा थप रोचक हुने देखिन्छ । नयाँ फिल्मको आगमनले ‘जेलर २’ को कमाइमा कस्तो प्रभाव पार्छ भन्ने चासो पनि बढेको छ ।

सन् २०२३ को सुपरहिट फिल्म ‘जेलर’को सिक्वेलका रूपमा बनेको यस एक्सन ड्रामामा रजनीकान्तले टाइगर मुथुवेल पाण्डियनको भूमिका दोहोर्‍याएका छन् । 

सन पिक्चर्सले निर्माण गरेको फिल्ममा रम्या कृष्णन, योगी बाबु, विद्या बालान र मिथुन चक्रवर्तीलगायत कलाकारको अभिनय छ। फिल्ममा अनिरुद्ध रविचन्दरको सङ्गीत रहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  १२ : ३० बजे

नेपाललाई अतिकम विकसित मुलुक स्तरोन्नतिका लागि थप तीन वर्ष, बालेन सरकारको कूटनीतिक सफलता

काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) को

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी– सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

नक्कली सवारी दर्ता किताब बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको

अर्नब चक्रवातको प्रभावले देशभर मौसम बदली, काठमाडौंमा सामान्य वर्षा

काठमाडौं– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन

मुस्ताङको पर्यटन सुस्ताउँदै

मुस्ताङ– मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात,