चन्द्रनगरमा बालिका सम्मेलन हुने | Khabarhub Khabarhub

चन्द्रनगरमा बालिका सम्मेलन हुने


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सर्लाही– चन्द्रनगर गाउँपालिकाले बालिका सम्मेलन गर्ने भएको छ । वडा नं ७ स्थित नाढीमन ताल परिसरमा आगामी फागुन २० गते बालिका सम्मेलन आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।

 उनका अनुसार सन् २०३० सम्ममा बाल विवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै नेपालका बालिकालाई सक्षम बनाउने उद्देश्यमा योगदान गर्न बालिका सम्मेलन २०७९ आयोजना गर्न लागिएको हो ।

बालिका सम्मेलन २०७९ मा पालिका, जिल्ला, प्रदेश र राष्ट्रियस्तरको बहुक्षेत्रीय सरोकारवालाको सहभागिता तथा तीनवटै तहका बालविवाह, दाइजो र शिक्षासम्बन्धी सवाल केन्द्रित प्राविधिक संवाद सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । 

 ‘बालविवाह र दाइजोविरुद्धका योद्धालाई सम्मान, प्रत्येक विद्यालयमा बालविवाहको अन्त्य विषयक’ वक्तृत्वकला प्रतियोगिता र उत्कृष्ट आर्ट पेन्टिङको प्रदर्शनी, पालिका र जिल्लास्तरमा बालविवाहको अन्त्यका लागि भएका सकारात्मक प्रयास, प्रगति र चुनौती एवं विकासका साझेदार, बालअधिकारकर्मी, प्रदेश सरकार तथा संघीय सरकारले गरेका पहल र आगामी कार्यदिशा लगायतका विषयमा विभिन्न प्राविधिक वैज्ञानिक सत्रलाई सम्मेलनको मुख्य आकर्षणका रुपमा प्रस्तुत गरिने पालिकाले जनाएको छ ।

मधेस प्रदेशमा बालविवाह र दाइजो प्रथा विकृतिका रुपमा रहेको छ । त्यसका कारण घरेलु हिंसाका घटना अत्यधिक हुने गरेका सरोकारवाला निकायले तयार पारेको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  २ : १८ बजे

समाजमा भ्रम फैलाउने छुट कसैलाई छैन : सञ्चारमन्त्री 

सुर्खेत– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौं– ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब