होलीलाई सांस्कृतिक पर्वका रुपमा मनाऔं « Khabarhub

होलीलाई सांस्कृतिक पर्वका रुपमा मनाऔं


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

हाम्रो विशेष पर्व होली अर्थात् फागु पूर्णिमा सोमबार उपत्यकासहित पहाडी क्षेत्र र मंगलबार तराई क्षेत्रमा मनाइँदै छ। होली अर्थात् रङ्गहरूको पर्व स्थानपिच्छे फरकफरक हिसाबले मनाइन्छ। परिवार तथा साथीभाइ आफन्त परिचित तथा अपरिचितसँग पनि रमाइलो गरेर मनाइन्छ।

आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने असत्यमाथि सत्यको जित सहित हर्ष, खुसी, उल्लासका साथ यो पर्व मनाउने गरिन्छ। प्रकृतिले काँचुली फेर्ने वसन्त ऋतुको आगमन, उमङ्गका साथ मनाइने यो पर्व विभिन्न परिवेशमा फरक–फरक नामले चिनिने संस्कृतिविद्को भनाइ रहेको रहेको छ।

होली हिन्दु संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाको दिन मनाइने पर्व हो। होली विश्वका विभिन्न स्थानमा रहेका नेपालीले मनाउने एउटा महत्त्वपूर्ण पर्व हो।

होलीको दिन रिस, राग फालेर दुस्मनी बिर्सेर आपसमा एक अर्कोसँग मिलेर रङ्गसँग खेल्ने रमाउने दिन हो। कामदेवको पूजाबाट सुरु भएकोले मदनोत्सव तथा वसन्तोत्सव पर्वका रूपमा रहेको छ। फागु पूर्णिमामा नेपालका हरेक ठाउँमा परिवारका सदस्य मिलेर कुलदेवतालाई नैवेद्य तथा रङ्ग चढाउने चलन छ।

विष्णु पुराण अनुसार फागुन शुक्ल पूर्णिमाको दिन विष्णुका प्रिय भक्त प्रह्लादलाई मार्न हिरण्यकश्यपुले पहिला विष खुवाउने, अग्लो पहाडबाट खसाल्ने, सर्पले टोकाउने लगायतका कयौ प्रयास गर्दा पनि असफल भएपछि आगोबाट नजल्ने वरदान पाएकी बहिनी होलिकाको साथमा वा काखमा राखेर मार्ने योजना अनुसार आगो लगाए। विष्णुका अटल भक्त भएको कारणले प्रह्लादलाई अग्नि देवताले दहन गरेनन्। बरु आफ्नो पदको दुरुपयोग गरेको भन्दै हिरण्यकश्यपु बहिनी होलीका उक्त आगोबाट नष्ट भइन्। त्यो दिनबाट दुष्ट वा खराब चरित्र भएकी होलीकाको दहन र असल प्रह्लादलाई केही नभएको खुसीयालीमा यो होली पर्व मनाउन थालिएको विश्वास गरिन्छ।

होली पर्व हिन्दुहरूले शुक्ल पक्षको रातमा ठुलो चन्द्रको छत्रछायामा होलीको गीत गाउने रातभर विभिन्न नाचगान गरेर मनाउने चलन रहेको छ। त्यसकारण आजको दिन सार्वजनिक बिदा दिइन्छ, उपत्यकालगायत अन्य ठाउँमा आज तथा फागुन पूर्णिमाकै दिन र तराईका क्षेत्रमा अर्को दिन बिदा दिने चलन छ।

विशेष गरेर यो दिन भाङ, धतुरो सेवन गर्ने चलनसमेत रहेको छ। यसले गर्दा पछिल्लो समयमा होली पर्वलाई विकृतिको रूपमा लिएको छ। पछिल्ले समय रङमा केमिकल हालेको त्यस कारण अनुहारमा विभिन्न प्रकारको एलर्जी, खटिरा लगाएतका समस्या आउने गरेको छ। भाङ धतुरो बढी मात्रामा सेवन गरेको कारण व्यक्तिमा मात्र नभई समाजमा नै खराब प्रविधिको छाप बसाएको छ। पछिल्ला दिनमा एक पारिवारिक पर्व भन्दा पनि विकृतिक पर्व भएको छ। बाटोमा काम विषेशले हिँडेको मान्छेमा पनि अनावस्यक रुपमा रंग लगाउने, ठूलोठूलो होहल्ला, कोलाहल मच्चाउने, अनावस्यक रुपमा बालबालिका बृद्ध र युवातीमाथि लोला हान्ने लगायतका क्रियाक्रलापहरु अत्याधित मात्राका बढेका छन्।

त्यस कारण विकृति होइन, सांस्कृतिक पर्व का रुपमा र पारिवारिक रीतिरिवाजको रूपमा लिएर सबैलाई नकारात्मक असर तथा विकृति नहुने समाजको ख्याल गरी मनाउन जरुरी छ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  १० : २४ बजे

एसियाली छनोट : दीपेन्द्रको कप्तानीमा रहेको नेपाल आज चीनसँग भिड्दै

काठमाडौँ – एसियाली खेलकुद छनोट अन्तर्गत आइतबार नेपालले पहिलो खेलमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल जेठ १७ गते आइतबार अधिक जेठ

आज २०८३ साल जेठ १७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ १७ गते आइतबार अधिक जेठ

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौं – नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही