होलीले एकता र सामाजिक सद्भाव अभिवृद्धि गरोस् : सभापति देउवा « Khabarhub

होलीले एकता र सामाजिक सद्भाव अभिवृद्धि गरोस् : सभापति देउवा


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमार्फत होली पर्व एक धार्मिक र सांस्कृतिक पर्व भएको उल्लेख गर्दै अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको बताएका छन् ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा फागुपूर्णिमा (होली) पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै सभापति देउवाले सबैमा शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ८ : ०१ बजे

सांस्कृतिक पर्वः ‘चैत बारुवाँ, सोरुवाँ र बिसुवाँ’

कर्णाली– ‘चैता बारुवाँसम्म घर आएन भने जुम्ली मर्‍यो भुनि जान्नु’ अर्थात्

तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

तेहरान– इस्लामशहरमा सोमबार बिहान भएको हवाई आक्रमणमा कम्तीमा १३ व्यक्तिको

ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

काठमाडौँ– काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक

ब्रोकरहरूसँग अर्थमन्त्रीले भने- नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन छ, सुशासनको काम गर्छु

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले देशलाई ग्रे लिस्टबाट बाहिर ल्याउनको लागि

स्वास्थ्य मन्त्रालयद्वारा चार बुँदे कार्यादेशसहित उच्चस्तरीय समिति गठन 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवालाई पारदर्शी, प्रविधिमैत्री र