होलीले नेपाली समाजलाई एक सूत्रमा जोडेको छ : उपराष्ट्रपति पुन « Khabarhub

होलीले नेपाली समाजलाई एक सूत्रमा जोडेको छ : उपराष्ट्रपति पुन


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालीहरूको लोकप्रिय चाड फागु पूर्णिमा (होली पर्व) को पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सद्भाव, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

रंगहरुका पर्वको रूपमा मनाइने फागु अर्थात् होलीका अवसरमा उपराष्ट्रपति पुनद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्रका हामी नेपाली भाषा, कला, संस्कार, संस्कृतिले समृद्ध छौँ । विविधताबीचको एकता हाम्रो चिनारी बनेको छ ।’

यस वर्षको होली पर्वले सामाजिक सद्भाव थप फैलाउने र राष्ट्रिय एकतालाई अझै बलियो बनाउने राष्ट्रपति पुनको विश्वास छ । होलीले सप्तरंगी जस्तै रंगिन नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई सुदृढ गर्दै आएको पुनको भनाई छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ८ : ३३ बजे

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले