होलीले नेपाली समाजलाई एक सूत्रमा जोडेको छ : उपराष्ट्रपति पुन « Khabarhub

होलीले नेपाली समाजलाई एक सूत्रमा जोडेको छ : उपराष्ट्रपति पुन


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालीहरूको लोकप्रिय चाड फागु पूर्णिमा (होली पर्व) को पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सद्भाव, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

रंगहरुका पर्वको रूपमा मनाइने फागु अर्थात् होलीका अवसरमा उपराष्ट्रपति पुनद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्रका हामी नेपाली भाषा, कला, संस्कार, संस्कृतिले समृद्ध छौँ । विविधताबीचको एकता हाम्रो चिनारी बनेको छ ।’

यस वर्षको होली पर्वले सामाजिक सद्भाव थप फैलाउने र राष्ट्रिय एकतालाई अझै बलियो बनाउने राष्ट्रपति पुनको विश्वास छ । होलीले सप्तरंगी जस्तै रंगिन नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई सुदृढ गर्दै आएको पुनको भनाई छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ८ : ३३ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण