चिन्डोलाई जापान पुर्‍याएर प्रचार गर्ने मेयर भट्टराई सम्मानित « Khabarhub

चिन्डोलाई जापान पुर्‍याएर प्रचार गर्ने मेयर भट्टराई सम्मानित


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खोटाङ– किरात समुदायको संस्कार संस्कृतिसँग सम्बन्धित वाबु (चिन्डो) लाई जापान पुर्‍याएर प्रचार-प्रसार गरेकामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई सम्मानित भएका छन् ।

गत माघमा भएको जापान भ्रमणका क्रममा जापानी मेयरलाई उपहार स्वरुप वाबु (चिन्डो) हस्तान्तरण गरेर फर्किएका मेयर भट्टराईलाई किरात राई चाम्लिङ खाम्बातिम संघीय कार्यसमिति, काठमाडौँले सम्मान गरेको हो । 

किरात राई चाम्लिङ खाम्बातिम जिल्ला कार्यसमिति खोटाङको व्यवस्थापन एवं किरात राई चाम्लिङ खाम्बातिम संघीय कार्यसमितिको आयोजनामा आइतबारदेखि शुभम् फाउण्डेसनमा सुरु भएको सम्मान तथा भाषिक कार्ययोजना निर्माण भेलाको अवसरमा मेयर भट्टराईलाई सम्मान गरिएको हो । मेयर भट्टराईलाई प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ र खाम्बातिमका संघीय कार्य समिति अध्यक्ष युवराज राईले फेटा बाँधेर सम्मान-पत्र हस्तान्तरण गरेका थिए । 

मैत्रीपूर्ण भ्रमणका क्रममा जापान पुगेका मेयर भट्टराईले प्रिफेक्चर तोचिगी नगरका प्रमुख ओखावा हिदेकोलाई उपहार स्वरुप नेपाली मौलिक संस्कृति, पहिचान र राष्ट्रियता झल्काउने सामग्री उपहार स्वरुप हस्तान्तरण गरेका थिए ।

जापानी नगर प्रमुखसँगको औपचारिक भेटमा किरात राईको ऐतिहासिक एवं सांस्कृतिक सामग्रीहरू उपहार स्वरुप प्रदान गरी देशको सांस्कृतिक सम्पत्तिलाई प्रवर्द्धन गरेकामा तीन लाख चाम्लिङ भाषीको साझा संस्थाकोतर्फबाट सम्मान गरिएको खाम्बातिमका अध्यक्ष राईले बताए । 

 

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  १२ : ०१ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि