फागुपूर्णिमाले सबै नेपालीमा उमङ्ग थपोस् : मुख्यमन्त्री शर्मा « Khabarhub

फागुपूर्णिमाले सबै नेपालीमा उमङ्ग थपोस् : मुख्यमन्त्री शर्मा


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले रङको पर्व होलीले समस्त नेपालीमा उमङ्ग थपोस् भन्ने शुभकामना दिएका छन् ।

मुख्यमन्त्री शर्माले ‘फागुपूर्णिमा पर्व, २०७९’ का अवसरमा आज एक सन्देश जारी गर्दै यस अवसरमा देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

मानव स्वास्थ्यलाई ध्यान दिई अनुशासित एवं सभ्य भएर हर्षोल्लाससाथ मनाउन सबै नेपालीलाई उनले आग्रह गरेका छन् । हिमालदेखि तराईसम्म हर्षभावका साथ मनाइने होलीले हामीबीच भएका असमझदारी, बेमेल, कटुता एवं तीक्ततालाई समाप्त पारी मेलमिलाप, सद्भाव, शान्ति, समझदारी, भाइचारा र मानवताका सम्बन्ध कार्य गर्न तथा राष्ट्रिय एकता सुदृढ पार्न सबैमा प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ३ : २८ बजे

सांस्कृतिक पर्वः ‘चैत बारुवाँ, सोरुवाँ र बिसुवाँ’

कर्णाली– ‘चैता बारुवाँसम्म घर आएन भने जुम्ली मर्‍यो भुनि जान्नु’ अर्थात्

तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

तेहरान– इस्लामशहरमा सोमबार बिहान भएको हवाई आक्रमणमा कम्तीमा १३ व्यक्तिको

ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

काठमाडौँ– काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक

ब्रोकरहरूसँग अर्थमन्त्रीले भने- नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन छ, सुशासनको काम गर्छु

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले देशलाई ग्रे लिस्टबाट बाहिर ल्याउनको लागि

स्वास्थ्य मन्त्रालयद्वारा चार बुँदे कार्यादेशसहित उच्चस्तरीय समिति गठन 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवालाई पारदर्शी, प्रविधिमैत्री र