प्रधानमन्त्री प्रचण्डद्वारा नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण « Khabarhub

प्रधानमन्त्री प्रचण्डद्वारा नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार निधन हुनुभएका नेकपा (एकीकृत समाजवादी) का नेता सरोजकुमार उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर प्रधानमन्त्री दाहालले नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

शनिबार काठमाडौँको शङ्खमूलस्थित एक रेष्टुरेन्टबाट खसेर नेता उपाध्यायको निधन भएको थियो । उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका भाइ हुन् । प्रधानमन्त्री दाहालले अध्यक्ष नेपाल र उनको  परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।

दिवङ्गत नेता उपाध्यायको अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर पार्टी कार्यालयमा राखिएको थियो । एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताले पनि दिवङ्गत नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ४ : ३५ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर