हत्या अभियोगमा डोटीमा एक जना पक्राउ  | Khabarhub Khabarhub

हत्या अभियोगमा डोटीमा एक जना पक्राउ 


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिकामा स्कुलमा काम गरी रहेका लेबरको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । 

स्कुलमा लेबरी काम गर्ने कैलालीको धनगढी उपमहानगरपालिका-१७ धुर्जनाका ३५ वर्षीय रजि साउदको कुटपिट गरी हत्या गरेको आरोपमा  सोही ठाउँका ३५ वर्षीय डबल सेट्टीलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

मादक पदार्थ सेवन गरी भएको झगडामा डबलले कुटपिट गर्दा गम्भीर घाइते भएका रजिको उपचारको लागि धनगढीतर्फ पठाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको हो । प्रहरीका अनुसार सो घटनाबारे थप अनुसन्धान भइरहेको छ ।  

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ७ : ३५ बजे

डेडिकेटेड ट्रंकलाइन महसुल विवादमा आयोगको प्रतिवेदन

काठमाडौं– सरकारले उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीचमा पैदा भएको डेडिकेटेड

काठमाडौं शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ ।

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको