नेपाल सांस्कृतिक विविधताको अनुपम सङ्गम « Khabarhub

नेपाल सांस्कृतिक विविधताको अनुपम सङ्गम


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपाल सांस्कृतिक विविधताको अनुपम सङ्गम भएको बताएका छन् । प्रमुख परियारले आज एक शुभकामना सन्देश जारी गर्दै नेपाल जातीय, धार्मिक तथा सांस्कृतिक विविधताको अनुपम सङ्गम भएको बताएका हुन् । उनले रङको पर्व होलीले असत्यमाथि सत्यको अवश्यम्भावी विजय हुन्छ भन्ने बलियो सन्देश प्रवाह गर्दै आएको उल्लेख गरेका छन् ।

प्रदेश प्रमुख परियारले विविध संस्कृतिको इन्द्रेणीका रूपमा रहेको नेपाली समाजमा होलीले आपसी सद्भाव, मेलमिलाप, बन्धुत्व, सहिष्णुता, आत्मीय भावनामा अभिवृद्धि गर्दै राष्ट्रिय एकता थप सुदृढ गर्न सहयोग पुर्‍याएको बताएका छन् । 

होलीले समाजमा विकृत चिजको निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य एवं न्यायपूर्ण समाज निर्माण गर्न प्रेरणा देओस् भन्दै उनले फागुपूर्णिमा (होली) पर्व, २०७९ को अवसरमा देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र आरोग्यताको शुभकामना व्यक्त गरेका छन् । 

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ७ : ४१ बजे

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल