संक्रमणकालीन न्यायको विषय टुंग्याउँन खोज्दा प्रचण्डले वास्ता गरेनन् : ओली « Khabarhub

संक्रमणकालीन न्यायको विषय टुंग्याउँन खोज्दा प्रचण्डले वास्ता गरेनन् : ओली


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष शर्मा ओलीले आफू पहिलो पटक प्रधानमन्त्री भएका बेला नै संक्रमणकालिन न्यायको कुरा, शान्तिप्रक्रियालाई टुंगोमा लैजाने कुरालाई पटक–पटक आग्रह गरेको स्मरण गरेका छन् ।

एमाले मुख्यालयमा राष्ट्रपतिको निर्वाचनको लागि नेकपा (एमाले) का प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरूलाई प्रशिक्षण दिँदै ओलीले पटकपटक संक्रमणकालीन न्याय टुंग्याउँन खोज्दा पनि माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले नमानेको बताएका हुन् ।

‘ म पहिलो पटक प्रधानमन्त्री हुँदा संक्रमणकालिन न्यायको कुरा, शान्तिप्रक्रियालाई टुंगोमा लैजाने कुरालाई पटक–पटक आग्रह गरेको थिए । तर, उहाँ (प्रचण्ड)ले विभिन्न बाहनामा मान्नु भएन । म दोस्रो पटक प्रधानमन्त्री हुँदा र उहाँ र म एउटै पार्टीमा रहेका बेला पनि करीब ३ वर्षसम्म यो विषयलाई टुंगोमा लैजाउँ, अलमल्याउनु हुँदैन त्यो लम्बियो भने त्यसले पछि जटिल समस्या सिर्जना गर्छ भन्दा मेरो कुरामा ध्यान दिनुभएन,’ ओलीले भने, ‘मैले शेरबहादुर देउवा र प्रचण्ड दुवैलाई तपाईँहरु सरोकारवाला पक्ष म तटस्थ छु । तपाईँहरुले जे-जे भन्नुहुन्छ म दायाँबायाँ औँठा छाप होइन पञ्जा र खुट्टाले पनि सही गराउन तयार छु भन्दा मान्नु भएन ।’

ऐन बनाउने बेलामा ऐन बनाउन नदिने, काम गर्ने बेलामा काम गर्न नदिने, समिति र आयोग बनाउने बेलामा बनाउन नदिने, वर्षौसम्म व्यवधान खडा गर्ने काम भएको पनि उहाँले गुनासो गरे ।

‘सत्य तथा मेलमिलाप निरुपण आयोगमा माओवादीकै नेताले व्यवधान खडा गरेर काममा अवरोध भयो । हामी अहिले पनि चाहन्छौँ । यो शान्ति प्रक्रिया हामीले अघि बढाएको हो । टुङ्याउनुपर्छ’, ओलीले भने, ‘यसलाई अनवरत राख्ने र पीडित सधैँ पीडित भै राख्ने, पीडितले न्याय नपाउने कुराको अन्त्य हुनुपर्छ भनेर अस्ति भर्खरको सरकारलाई पनि भनेको हो । तर, प्रचण्डको त्यतातिर ध्यान भएन । भित्रभित्र बेइमानी गर्ने, धोका लिने जस्ता कुरामा मात्रै अघि बढ्नुभयो ।’

राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङलाई छान्दा राजनीतिक परिवर्तनको एउटा महत्वपूर्ण बिन्दुको सुरुवात हुने बताए ।

‘राष्ट्रपति भनेको अत्यन्तै वजनदार, निष्पक्ष, महत्वपूर्ण अभिभावकीय भूमिका खेल्ने व्यक्ति हुनुपर्छ’, ओलीले भने, ‘एमालेले त्यस्तै व्यक्ति छानेर सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ । उहाँलाई छान्दा राजनीतिक परिवर्तनको एउटा महत्वपूर्ण बिन्दुको सुरुवात हुनेछ । त्यो एमाले बलियो हुने कुरा होइन प्रजातन्त्र बलियो हुने कुरा हो । एमाले सुरक्षित हुने कुरा होइन । संविधानको रक्षा हुने कुरा हो । लोकतन्त्रको सुरक्षा गर्ने कुरा हो ।’

 

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ८ : १३ बजे

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही– घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,