स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः ज्ञानबहादुर बम्जन कारागार चलान « Khabarhub

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः ज्ञानबहादुर बम्जन कारागार चलान


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा पक्राउ परेका ज्ञानबहादुर बम्जन पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जिल्ला अदालत, काठमाडौंले उनलाई थुनामा पठाउने आदेश दिएसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको हो।

सहकारी ठगीका मुख्य आरोपित जीबी राईका नातेदार(जेठान) उनी जेनजी आन्दोलनका बेला प्रहरी वृत्त, कालिमाटीको हिरासतबाट भागेका थिए।

फेरि पक्राउ गरेर प्रहरीले अदालत पेस गरेको थियो। यसअघि उनी पोखराको सूर्यदर्शन सहकारी ठगीमासमेत मुछिएका थिए। प्रहरीले उनलाई पक्राउ गरेको थियो।

तर, अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। सहकारी ठगी आरोप लागेका जीबी राई भने देशबाहिर छन्।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ९ : ४१ बजे

रामहरि खतिवडाद्वारा कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वकेन्द्रीय सदस्य रामहरि खतिवडाले

टिभिएस मोटरको आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा

तीन पदका लागि कांग्रेस उपसभापतिमा ६ जनाको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मंगलबार

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको