संक्रमणकालीन न्यायको विषय टुंग्याउँन खोज्दा प्रचण्डले वास्ता गरेनन् : ओली | Khabarhub Khabarhub

संक्रमणकालीन न्यायको विषय टुंग्याउँन खोज्दा प्रचण्डले वास्ता गरेनन् : ओली


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष शर्मा ओलीले आफू पहिलो पटक प्रधानमन्त्री भएका बेला नै संक्रमणकालिन न्यायको कुरा, शान्तिप्रक्रियालाई टुंगोमा लैजाने कुरालाई पटक–पटक आग्रह गरेको स्मरण गरेका छन् ।

एमाले मुख्यालयमा राष्ट्रपतिको निर्वाचनको लागि नेकपा (एमाले) का प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरूलाई प्रशिक्षण दिँदै ओलीले पटकपटक संक्रमणकालीन न्याय टुंग्याउँन खोज्दा पनि माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले नमानेको बताएका हुन् ।

‘ म पहिलो पटक प्रधानमन्त्री हुँदा संक्रमणकालिन न्यायको कुरा, शान्तिप्रक्रियालाई टुंगोमा लैजाने कुरालाई पटक–पटक आग्रह गरेको थिए । तर, उहाँ (प्रचण्ड)ले विभिन्न बाहनामा मान्नु भएन । म दोस्रो पटक प्रधानमन्त्री हुँदा र उहाँ र म एउटै पार्टीमा रहेका बेला पनि करीब ३ वर्षसम्म यो विषयलाई टुंगोमा लैजाउँ, अलमल्याउनु हुँदैन त्यो लम्बियो भने त्यसले पछि जटिल समस्या सिर्जना गर्छ भन्दा मेरो कुरामा ध्यान दिनुभएन,’ ओलीले भने, ‘मैले शेरबहादुर देउवा र प्रचण्ड दुवैलाई तपाईँहरु सरोकारवाला पक्ष म तटस्थ छु । तपाईँहरुले जे-जे भन्नुहुन्छ म दायाँबायाँ औँठा छाप होइन पञ्जा र खुट्टाले पनि सही गराउन तयार छु भन्दा मान्नु भएन ।’

ऐन बनाउने बेलामा ऐन बनाउन नदिने, काम गर्ने बेलामा काम गर्न नदिने, समिति र आयोग बनाउने बेलामा बनाउन नदिने, वर्षौसम्म व्यवधान खडा गर्ने काम भएको पनि उहाँले गुनासो गरे ।

‘सत्य तथा मेलमिलाप निरुपण आयोगमा माओवादीकै नेताले व्यवधान खडा गरेर काममा अवरोध भयो । हामी अहिले पनि चाहन्छौँ । यो शान्ति प्रक्रिया हामीले अघि बढाएको हो । टुङ्याउनुपर्छ’, ओलीले भने, ‘यसलाई अनवरत राख्ने र पीडित सधैँ पीडित भै राख्ने, पीडितले न्याय नपाउने कुराको अन्त्य हुनुपर्छ भनेर अस्ति भर्खरको सरकारलाई पनि भनेको हो । तर, प्रचण्डको त्यतातिर ध्यान भएन । भित्रभित्र बेइमानी गर्ने, धोका लिने जस्ता कुरामा मात्रै अघि बढ्नुभयो ।’

राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङलाई छान्दा राजनीतिक परिवर्तनको एउटा महत्वपूर्ण बिन्दुको सुरुवात हुने बताए ।

‘राष्ट्रपति भनेको अत्यन्तै वजनदार, निष्पक्ष, महत्वपूर्ण अभिभावकीय भूमिका खेल्ने व्यक्ति हुनुपर्छ’, ओलीले भने, ‘एमालेले त्यस्तै व्यक्ति छानेर सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ । उहाँलाई छान्दा राजनीतिक परिवर्तनको एउटा महत्वपूर्ण बिन्दुको सुरुवात हुनेछ । त्यो एमाले बलियो हुने कुरा होइन प्रजातन्त्र बलियो हुने कुरा हो । एमाले सुरक्षित हुने कुरा होइन । संविधानको रक्षा हुने कुरा हो । लोकतन्त्रको सुरक्षा गर्ने कुरा हो ।’

 

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ८ : १३ बजे

शहीद स्मारक ‘बी’ डिभिजन लिग : च्यासल युथ क्लव र बिरगंज युनाइटेडले बाँडे बराबरी अंक

काठमाडौं– शहीद स्मारक ‘बी’ डिभिजिन लिगमा च्यासल युथ क्लव र

कुलमानले ऊर्जामन्त्रीलाई फेरि भने- निष्ठापूर्वक काम गर्दा पनि सोधिएको स्पष्टीकरण पूर्वाग्रही र अन्यायपूर्ण

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत

बीमा दाबी गर्न आफ्नै पसलमा आगजनी, पसल सञ्चालक पक्राउ

पोखरा– पोखरा महानगरपालिका–८ न्युरोडस्थित शर्मा आईटी हबमा भएको आगलागीमा संलग्न

दशौं राष्ट्रिय खेलकुदका लागि मूल आयोजक सचिवालय स्थापना

सुर्खेत– दशौं राष्ट्रिय खेलकुदका लागि मूल आयोजक सचिवालय स्थापना गरिएको

इरानका नेताद्वारा क्षेप्यास्त्र सीमा र क्षेत्रीय प्रभावका विषयमा अमेरिकासँग वार्ता गर्न अस्वीकार

तेहरान– इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले वार्ताहरू इरानी क्षेप्यास्त्रको