पिकनिक मनाउन गएका सीआइबीका जवान मृत फेला | Khabarhub Khabarhub

पिकनिक मनाउन गएका सीआइबीका जवान मृत फेला


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

बैतडी – पिकनिक मनाउन गएका केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का एक सूचक मृत भेटिएका छन् । दशरथचन्द नगरपालिका –१० खडेनी घर भएका जीवन बुडाल दोगडाकेदार–४ जाडाबगडस्थित चमेलिया नदी किनारमा मृत फेला परेका हुन् । उनको शव नजिकै नजिकै विस्फोटक पदार्थ समेत भेटिएको प्रहरीले जनाएको छ ।

बुडालका परिवारले पिकनिक मनाउन साथमा गएका गजेद्र रावल, अर्जुन रावल, केशव रावल, भीम ठगुन्ना, नवीन ठगुन्ना, नारायण ऐरी, भुवनराम लुहार, दीपेन्द्र ऐरी, श्याम ऐरी, पुष्पराज भट्ट, टेक खत्री र मोहन ठगुन्नाका नाममा ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका छन् । जाहेरीपछि प्रहरीले १२ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका क्रममा प्रहरीले जीवन बुडालको शव नजिकबाट बिष्फोटक पदार्थ फेला पारेपछि हिरासतमा रहेका १२ जनामाथि विस्फोटक पदार्थ ऐन अन्तर्गत थप मुद्दा चल्ने जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट पनि अनुसन्धान टोली बैतडी पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जीवनको शव पोष्टमार्टमपछि भीसेरा परीक्षणका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ८ : २१ बजे

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध