इन्डोनेसियामा पहिरोमा परी ११ जनाको मृत्यु, दर्जनौं बेपत्ता | Khabarhub Khabarhub

इन्डोनेसियामा पहिरोमा परी ११ जनाको मृत्यु, दर्जनौं बेपत्ता


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इन्डोनेसियाको सबैभन्दा बाहिरी टापुमा सोमबार परेको मुसलधारे वर्षापछि गएको पहिरोमा परी ११ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको इन्डोनेसियाको विपद् व्यवस्थापन निकायले जनाएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन निकायका प्रवक्ता अब्दुल मुहारीले रिउ टापुका स्थानीय अधिकारीहरूको पछिल्लो जानकारीअनुसार ‘११ मृत शरीर भेटिएको र अन्य ५० जना हराइरहेको बताए ।

उक्त संस्थाले उपलब्ध गराएको तस्वीरमा बोर्नियो र मलेसियाको मुख्य भूमिको बीचमा पर्ने सेरासान टापुको भिरको किनारानजिक रहेका घरहरू पहिरोबाट खसेको माटो र भग्नावशेषले पूर्ण रूपमा पुरिएका छन् ।

रिउ टापुको विपद् व्यवस्थापन निकायका प्रवक्ता जुनाइनाहले प्रभावित क्षेत्रमा सञ्चार सञ्जाल काटिएको र पछिल्लो जानकारी प्राप्त गर्न कठिन भएको बताए।

“मौसम अप्रत्याशित छ । हावा तीव्र छ र व्यापक बाढी आएको छ,” उनले बताए । मुहारीका अनुसार टाढा टापुसम्म पुग्न पनि उद्धार अधिकारीलाई कठिन हुनेछ ।

“सामान्यतया तीव्र गतिको डुङ्गाबाट पहिरो प्रभावित क्षेत्रमा पुग्न पाँच घण्टा लाग्छ,’ उनले भने ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ८ : ३५ बजे

आज २०८१ साल असोज १९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज १९ गते शनिबार तदनुसार

आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं – बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दशैं घर

घेराबन्दीमा रहे पनि आफ्नो कर्तव्य भुलेको छैन : रवि लामिछाने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घेराबन्दीमा

कोशी प्रदेशले आउँदो माघमा लगानी सम्मेलन गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र

पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प

इलाम – मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा पहिरो