बसाइँसँगै सर्‍यो होलीको रौनक | Khabarhub Khabarhub

बसाइँसँगै सर्‍यो होलीको रौनक


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दोधारा : असत्यमाथि सत्यको विजय उत्सवका रूपमा मनाइने होली पर्व सुदूरपश्चिमका हरेक जिल्लामा पृथक तरिकाले मनाइने गरिन्छ ।

कैलाली कञ्चनपुरका रानाथारु समुदायको होली पर्व भिन्न छ भने अन्य पहाडी जिल्लाबाट यहाँ बसाइँसराइ गरी आउनेको होली भिन्न छ । पछिल्लो समय पहाडी जिल्ला अछाम, बैतडी, दार्चुला र डडेल्धुराबाट तराईमा बसाइँसरी आउनेले पनि आआफ्नो ढङ्गले होली मनाउन थालेका छन् । यहाँ बसोबास गर्ने अछामी समुदायले भिन्न तरिकाले होली मनाउने गरेका छन् भने डडेल्धुराको रुपाली होली भिन्न छ । त्यसैगरी दार्चुला बैतडीबाट बसाइसरी आएकाले होली भिन्न तरिकाले मनाउने गरेका छन् ।

हाल कञ्चनपुरमा अछाम होली, रुपाली होली र दार्चुला बैतडीको होली भिन्न–भिन्न तरिकाले मनाउन थालेका छन् । अछामबाट बसाइँसराइ गरी यहाँ आएकाले आफ्नो संस्कृति संरक्षणका लागि होली पर्व मनाएको अछाम सेवा समाज कञ्चनपुरका अध्यक्ष रुपबहादुर रावलले बताए। ‘हाम्रो अछाममा सेतो जामासहितको लुगा लगाएर रङ नलगाई होली खेल्ने गरिन्छ’, उनले भने, ‘अहिले संस्कृति संरक्षणका लागि बसाइँसरी जो जहाँ छौँ त्यहीँ होली मनाउने गरेका छौँ।’

त्यसैगरी डडेल्धुराको रुपालबाट बसाइँसरी कञ्चनपुर आएकाले पनि भिन्न तरिकाले होली मनाउने गरेका छन् । ुरुपालवासीको होली गाउने खेल्ने तरिका अन्य समुदायको भन्दा भिन्न छु, स्थानीय केशव जोराले भने, ुअहिले हाम्रो मौलिक होली पर्व जोगाउन यहाँ होली कार्यक्रमको आयोजना गर्ने गरेका छौँ ।ु

यता दार्चुला र बैतडीबाट कञ्चनपुर बसाइँसरी आएकाको पनि भिन्न होली छ । पाँच दिनसम्म आफन्तको घर–घरमा गएर होली खेल्ने र एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरेको गणेश धामीले बताए। ‘हामी लगातार पाँच दिनसम्म होली मनाउँछौँ’, उनले भने, ‘हाम्रो होलीमा रङ दल्ने मात्रै नभई लोकगाथा र लोकबाजाका साथमा नाच प्रदर्शन पनि गर्छौं।’

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ९ : ०५ बजे

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध